६ पुस २०८२, आइतबार | December 21, 2025

यूइएफए नेसन्स लिग :- नेदरल्यान्ड र बेल्जियम विजयी



काठमाडौं । यूइएफए नेसन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा नेदरल्यान्ड र बेल्जियम विजयी भएका छन् । समूह ‘ए’ को ४ खेलमा नेदरल्यान्डले वेल्सलाई ३-२ अन्तरले पराजित गर्‍याे ।

नेदरल्यान्डको जितमा नोआ लाङ, कोडी गाक्पो र मेम्पिस डिपाएले एक-एक गोल गरे । वेल्सका लागि ब्रेनन जानसन र गेराथ वेलले एक–एक गोल गरे ।

यस्तै, अर्को खेलमा बेल्जियमले पोल्यान्डलाई १-० अन्तरले पराजित गर्यो । बेल्जियमको जितमा मिच बातसुआयीले निर्णायक गोल गरे ।

खेलसँगै नेदरल्यान्ड १० अंकसहित शीर्ष स्थानमा छ । ७ अंकको बेल्जियम दोस्रो स्थानमा रहँदा पोल्यान्ड ४ अंकसहित तेस्रो र १ अंकको वेल्स पुछारमा छ ।

 

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ८ : ३० बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा