१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

अरुण तेस्रोमा मजदुर मृत्यु प्रकरण : परिवारले शव बुझ्न मानेन



संखुवासभा । संखुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो आयोजनामा ज्यान गुमाएका मजदुरको परिवारले शव बुझ्न अझै मानेका छैनन ।

मकालु गाउँपालिका–५ फ्याक्सिन्दामा कार्यरत मजदुर कैलालीको लम्कीचुवा नगरपालिका–३ चिसापानीका ५० वर्षीय अमरबहादुर महतरा गत शनिबार मृत फेला परेका थिए । उनको मृत्यु रहस्यमय भएको भन्दै आफन्तले चार दिन बितिसक्दा पनि शव बुझ्न मानेका छैनन् । कैलालीबाट उनकी श्रीमती कमला सङ्खुवासभा आइपुगेकी छिन् । महतराको शव जिल्ला अस्पतालमा राखिएको छ । “घट्नाको सत्यतथ्य छानविन हुनुपर्छ”, कमलाले भनिन् ।

महतरा गत जेठ १२ गते अरुण तेस्रोमा काम गर्न सङ्खुवासभा आएका थिए । अरुण तेस्रोले क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने महतरा परिवारको माग छ । उनकी श्रीमतीले जिल्ला प्रहरी र प्रशासन कार्यालयमा घटनाको छानविनका लागि माग गरेकी छिन् ।

मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिलाउन प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सरोज कोइरालाले जानकारी दिनुभयो । अरुण तेस्रोमा नेपाली र भारतीय गरी झण्डै तीन हजार मजदुर कार्यरत छन् ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ९ : ३८ बजे

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा