७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

प्रधानमन्त्रीले संसदमा उभिएर बोल्नुपर्छ – एसपीपीमा हस्ताक्षर गर्दैनौं : गगन थापा



काठमाडौं । बहुविवादित अमेरिकी सैन्य गठबन्धन योजना स्टेट पार्टनरसिप प्रोग्राम (एसपीप)बारे सत्तारुढ दलभित्रैबाट चर्को विरोध सुरु भएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा कांग्रेस महामन्त्री एवं सांसद गगन थापाले अमेरिकाद्वारा प्रस्ताव गरिएको एसपीपीबारे प्रधानमन्त्रीको जवाफ मागेका छन् ।

थापाले नेपाल कुनै पनि मुलुकको सैन्य गठबन्धनमा सामेल हुन नसक्ने जिकिर गर्दै एसपीपीबारे प्रधानमन्त्रीले संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने माग गरेका हुन् । थापाले कुनै शक्तिराष्ट्रको सामारिक स्वार्थमा नेपाल जोडिन नसक्ने स्पष्ट पारे । उनले एसपीपी नेपालको संविधान विपरित रहेको जिकिर गरे । उनले भने ‘हामीले सबै शक्ति राष्ट्रसँग मिलेर काम गर्ने हो । तर, सेना संलग्न हुने कुनै पनि कार्यक्रममा नेपाल सहभागी हुन पाउँदैन ।’

‘केही दिनदेखि संसदको समितिमा, संसदको बैठकमा माननीयज्यूहरुले एसपीसी सम्झौताबारेमा गम्भीर विषय उठाइरहनु भएको छ । यो विषय सरकारसँग सम्बन्धित छ । रक्षा मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्रीले सम्हाल्नु भएको छ,’ थापाले भने, ‘संसदमा यतिको विषय उठिसकेपछि रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएका प्रधानमन्त्रीले संसदमा उभिएर तत्काल जवाफ दिनुपर्छ ।’

एसपीपी सम्झौता के हो र यो कसको पालामा भएको भन्दै उनले जिज्ञासासमेत गरे । केही समयअघि एमसीसी सदनबाट पारि गरेको स्मरण गराउँदै उनले तर, नेपाली सेना संलग्न हुने कुनै पनि सम्झौता गर्न नहुने बताए ।

‘हामीले केही समय अगाडि सदनबाट एमसीसी अनुमोदन गर्‍यौँ । यस्ता विकास साझेदारीको विषय अमेरिकासँग, चीनसँग, भारतसँग, सबै शक्ति राष्ट्रसँग थप आवद्ध हुने, संलग्न हुने हो, यसबाट केही लिने हो । तर, नेपाली सेना संलग्न हुने कुनै पनि साझेदारी, चाहे त्यो छिमेकी देशसँग होस्, चाहे त्यो शक्ति राष्ट्रसँग होस्, मित्रराष्ट्रसँग होस्, त्यसमा नेपाल सहभागी हुन सक्दैन । हुन पाउँदैन । हुन दिँदैनौँ,’ उनले भने, ‘नेपालको विकासका लागि सबै मित्रराष्ट्र, छिमेकी, शक्ति राष्ट्रसँग मिलेर काम गर्ने हो । उनीहरुले यो गर, योसँग गर, योसँग नगर भन्यो भने नसुन्ने हो ।’

तर, सामरिक विषयमा भने नेपाल संलग्न हुन नहुने भन्दै उनले पुनः यसबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए ।

थापाले संसदमा उभिएर प्रधानमन्त्रीले एसपीपीमा सम्झौता हुँदैन र गर्दैर्नौ भन्नुपर्ने माग राखे ।

यसअघि सत्तारुढ दल नेकपा माओवादीका मुख्य सचेतक देव गुरुङले एसपीपीलाई कुनै हालतमा स्वीकार गर्न नसकिने बताएका थिए ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  १२ : २० बजे

बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछः मन्त्री भण्डारी

चितवन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले

सर्वोच्चको फैसला नआएसम्म कांग्रेसले गण्डकी प्रदेशसभा बहिष्कार गर्ने

पोखरा । नेपाली कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिस्कार गर्ने

निजी विद्यालयलाई महानगरको निर्देशन – एकपटक भर्ना भएका विद्यार्थी अर्को कक्षामा जाँदा शुल्क नलिनु

काठमाडौं । काठमाडौं महानगरपालिकाले निजी विद्यालयहरुले विद्यार्थी भर्ना गराउँदा कानूनबमोजिम

जसपाकी समानुपातिक सांसद हसिनाले लिइन् शपथ

काठमाडौं । सभामुख देवराज घिमिरेले जनता समाजवादी पार्टी (जसपा)की समानुपातिक

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका