२ चैत्र २०८२, सोमबार | March 16, 2026

लुम्बिनी प्रदेश स्वास्थ्य राज्यमन्त्रीको अभद्र व्यवहारको छानविन गर्न प्रदेश सरकारबाट समिति गठन



बुटवल । लुम्बिनी प्रदेश सरकारका स्वास्थ राज्यमन्त्री बिमला वली प्रकरणको अध्ययन गर्न लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषदले छानवीन आयोग गठन गरेको छ ।

मन्त्रिपरिषदको आज बसेको बैठकले आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा कानुन मन्त्री रमा घर्ती र मुख्यन्याधिवक्ता श्रीकृष्ण सुवेदी सदस्य रहेको छानविन समिति गठन गरेकोलुम्बिनी प्रदेश सरकारका प्रवक्ता सञ्चारमन्त्री शर्माले जानकारी दिए । समितिलाई १५ दिन भित्र घटनाका बिषयमा छानविन गरि प्रतिबेदन पेश गर्न भनिएको छ ।

राज्यमन्त्री वलीले मंगलबार बिहान दाङको तुलसीपुर स्थित एकराज बस्नेतको घरमा पुगेर बस्नेतकी श्रीमती र नाबालिका छोरी माथि कुटपिट गर्नुका साथै कोठाको सामान तानेर छरपस्त गराइदिएकी थिइन् । सो सम्बन्धमा राज्यमन्त्री वली विरुद्ध बस्नेत पत्नी मिना बस्नेतले जिल्ला प्रहरी कार्यालय दाङमा किटानी जाहेरी दिएकी छन् । स्थानीयले घरघेरेर कालोमोसो लगाउने तयारी गरेपछि प्रहरीले उद्दार गरेर राज्यमन्त्री वलीलाई बुटवल पठाएको थियो ।

राज्यमन्त्री वलीको स्वास्थ्यको विषयमा पत्रकारहरुको जिज्ञासाको उत्तर दिँदै राज्यमन्त्री वली बिरामी अवस्थामा रहेको प्रवक्ता शर्माले स्विकार गरे । ‘उहाँ बेहोस भएको पनि सुनियो, उहाँको उपचार हुँदैछ ।’ उनले भने, ‘बाँकी कुरा छानविन पछि आउँछ ।’

बैठकले आज संसदमा प्रस्तुत हुने बजेट अनुमोदन गर्नुका साथै प्रदेश राजधानीकालागि दाङको देउखुरीमा ल्याण्डफिल्ड साईड खोज्ने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिए ।

राज्यमन्त्री वली लुम्बिनी प्रादेशिक अस्पताल भर्ना

मंगलबार बिहान दाङमा तान्डव मच्चाएकी स्वास्थ्य राज्यमन्त्री वली आज लुम्बिनी प्रादेशिक अस्पताल भर्ना भएकी छन् । वलीलाई उच्च रक्तचाप र सुगरको लेबल बढेर अस्पताल भर्ना गरिएको बताईएको छ । अस्पतालको क्याबिन नम्बर १ मा भर्ना भएर उपचार भईरहेको अस्पतालका मेसु डा. इन्द्र ढकालले बताए ।

‘प्रेसर हाई र सुगर लेबल बढेको अवस्थामा अस्पताल आउनुभएको थियो ।’ उनले भने, ‘बेहोस भएर अस्पताल आउनु भएको थियो, सुगर र प्रेसर हाई देखिएकाले भर्ना गरिएको हो ।’

राज्यमन्त्री वलीको मानसिक अवस्था भने सामान्य रहेको र साइकेटिस परिक्षणको आवश्यकता नरहेको डा. ढकालले बताए ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ३ : १२ बजे

दुई छोराछोरीसहित आमा सम्पर्कविहीन

कर्णाली । सुर्खेतको गुर्भाकोट नगरपालिका-११ पिप्ले गाउँकी माया कठायत दुई

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

काभ्रेपलाञ्चोक । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको हाल स्थायी रूपमा

बागमती प्रदेश सरकारको आठ महिनाको खर्च १७ दशमलव १२ प्रतिशत

बागमती । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को

नवलपरासी कारागारका १८० कैदी अझै फरार

नवलपरासी । ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी

म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र

म्याग्दी । म्याग्दीको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरवाङ) खण्ड अलपत्र