११ बैशाख २०८१, मंगलबार | April 23, 2024

नबिल बैंकले ल्यायो क्यूआर कारोबारमा आधारित क्यासब्याक योजना



काठमाडौ । नबिल बैंकले महिला तथा युवा क्यूआर मार्चेन्ट लक्षित गर्दै क्यूआर कारोबारमा आधारित नयाँ क्यासब्याक योजना सार्वजनिक गरेको छ ।

नबिल बैंक र संयुक्त राष्ट्र पूँजी विकास कोष UNCDF को सहकार्यमा आधारित “क्यूआर कोडः महिला र युवाका लागि नबिल बैंक डिजिटल प्रवर्द्धन“ परियोजना अन्तर्गत यो योजना सुरु गरिएको हो ।

विशेष गरी कोभिड १९ पछिको अवस्थामा डिजिटल वित्तीय समाधान मार्फत महिला र युवाहरूको प्रवर्द्धन गर्ने उदेश्यको साथ यो योजना सुरु गरिएको हो ।

युवा भन्नाले यस परियोजनामा संयुक्त राष्ट्र संघको परिभाषा अनुसार १८ देखि २४ वर्षको उमेर भएको उद्दमी जसको आपनो स्वामित्वमा व्यवसाय छ वा जसले प्रत्यक्ष रुपमा व्यवसाय संचालन गरिरहेका छन्, उनीहरुलाई बुझ्नुपर्दछ । यसअधि नयाँ वर्षको अवसरमा पनि नबिल बैंकले यस्तै क्यासब्याक योजना सार्वजनिक गरेको थियो ।

एक महिनाको लागि संचालन गरिने यस योजनामा महिला तथा युवा क्यूआर मर्चेन्टले गर्ने पहिलो क्यूआर कारोबारमा १०% वा अधिकतम प्रति कारोबार रु. २०० नगद फिर्ता दिइनेछ। यो योजना आषाढ महिनाभरि लागु हुनेछ ।

वित्तीय पहूँच नपुगेका महिला र युवा उद्दमीमा लक्षित यस योजना मार्फत नबिल बैंकले त्यस्ता उद्दमीहरुलाई बैकिङ च्यानलमा भित्राउने, पुराना निष्कृय मर्चेन्टलाई सकृय बनाउने र उनिहरुलाई डिजिटल वित्तीय समाधानहरू प्रदान गरि दिगो वित्तीय रूपान्तरणलाई बढावा दिने लक्ष्य लिएको छ ।

सन् १९८४ मा स्थापित यस बैंकले हाल १५० शाखा, १८७ एटिएम र १,५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु मार्फत आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको छ ।

बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् डिजिटल सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ । यस बैंक ग्राहकवर्गको उच्च सन्तुष्टी एवम आधुनिक डिजिटल बैंकिङ्ग युगको शुरुवात गर्ने तर्फ केन्द्रित रहेको छ ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ७ : ५३ बजे

कतारमा पानी निर्यातको अवसर

काठमाडौं । नेपालले पानी निर्यात गरी आर्थिक समृद्धि हासिल गर्नसक्ने

गाजा युद्धको विषयमा अमेरिकी विश्वविद्यालयहरूमा विरोध बढ्दै

काठमाडौं । अमेरिकाको कोलम्बिया युनिभर्सिटीदेखि येल युनिभर्सिटी र अन्य राज्यका

कतारका अमिर नेपालमा, राष्ट्रपति पौडेलबाट स्वागत

काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल

सांस्कृतिक र पर्यटन उपभोग प्रवर्द्धन गर्न चीनको पहल सुरु

गुआङझोउ । चीनमा सांस्कृति तथा पर्यटन मन्त्रालयले सांस्कृति तथा पर्यटन

६ नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान

काठमाडौं । मलेसियाको सुपर वुमेन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय