६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

सात प्रदेशको कुल बजेट : ३ खर्ब ५ अर्ब ४६ करोड



काठमाडौं । मुलुकभरिका सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि बुधबार कुल ३ खर्ब ५ अर्ब ४६ करोड ५८ लाखबराबरको बजेट ल्याएको छ ।

पाँचवर्षे कार्यकालको अन्तिम बजेट पेस गरेका प्रदेश सरकारले बजेटको आकार बढाएका छन् । आर्थिक वर्ष २०७८/७९ मा २ खर्ब ६१ अर्बको बजेट ल्याएका प्रदेशले आगामी आर्थिक वर्ष २०७९/८० का लागि कुल बजेटको आकार ४४ अर्बले बढाएका छन् ।

आर्थिक वर्ष २०७७/७८ मा सातवटा प्रदेशको बजेटको योगफल २ खर्ब ६० अर्ब थियो । आर्थिक वर्र्ष २०७६/७७ मा २ खर्ब ५९ अर्ब थियो । प्रत्येक वर्ष १ अर्बको हाराहारीमा मात्र बजेटको आकार वढेकोमा यसपालि कर्णालीबाहेकका प्रदेशले बजेटको आकार पहिलेको भन्दा धेरै बढाएका छन् ।
अन्तरसरकारी वित्त व्यवस्थापन ऐन-२०७४ अनुसार १ असारमा बजेट सार्वजनिक गर्नुपर्ने प्रावधानको आधारमा प्रदेश सरकारहरूले बजेट सार्वजनिक गरेका हुन् । आगामी आर्थिक वर्षको लागि सातवटै प्रदेशले बजेट कार्यक्रम सार्वजनिक गरेका छन् । आर्थिक वर्ष सुरु हुनु एक महिनाअघि सातवटै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीहरूले बजेट कार्यक्रम प्रदेशसभा बैठकमा सार्वजनिक गरेका हुन् ।

सबैजसो प्रदेशहरूले बजेटको आकार बढाउँदा कर्णाली प्रदेश भने कमजोर देखिएको छ । बजेटको आकार पनि सबैभन्दा सानो रहेको कर्णाली प्रदेशले अघिल्लो आर्थिक वर्षभन्दा कम आकारको बजेट ल्याएको छ । कर्णाली प्रदेशले आर्थिक वर्ष २०७८/७९ मा ३६ अर्ब ५४ करोडको बजेट ल्याएकोमा अहिले भने ३२ अर्ब ६१ करोडको मात्र बजेट ल्याएको छ । अघिल्लो आर्थिक वर्षमा गण्डकीले सबैभन्दा कम आकारको बजेट ल्याएको थियो ।

बुधबार ल्याएको बजेटमध्ये बाग्मती प्रदेशको कुल बजेट ७० अर्ब ९३ करोडका साथ सबैभन्दा ठूलो बजेट देखिएको छ भने सबैभन्दा कम कर्णाली प्रदेशको देखिएको छ । यसको कुल बजेट ३२ अर्ब ६१ अर्ब रहेको छ । यसअनुसार बाग्मतीको तुलनामा कर्णालीको बजेट आधाभन्दा कम रहेको छ । बाग्मतीले पहिलोको तुलनामा २९ अर्ब ठूलो बजेट ल्याएको हो । बजेटको आकारको आधारमा मधेसको बजेट दोस्रो ठूलो आकारको रहेको छ । मधेसले पहिलेको तुलनामा २१ अर्ब ठूलो आकारको बजेट ल्याएको छ ।

लुम्बिनीले पनि चालू आवको तुलनामा १८ अर्बले बढाइ ४२ अर्ब ६३ करोडको बजेट ल्याएको छ । प्रदेश १ ले भने चालू र पुँजीगत खर्चको हिसाब नै नराखिकन बजेट ल्याएको छ । पहिलेको तुलनामा ७ अर्बले बढाइ ३९ अर्ब ७३ करोड बजेटको आकार पु¥याइएको छ । सुदूरपश्चिमले पनि १६ अर्बले बजेटको आकार बढाएर ३६ अर्ब ७४ करोड पु¥याएको छ । आजको राजधानी दैनिकमा पूर्णभक्त दुवालले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  ७ : २२ बजे

बेनी-जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

म्याग्दी । म्याग्दीका पर्यटकीय स्थलहरुमा दसंँ लगत्तै पर्यटकको चहलपहल बढ्न

चीन सिजाङ भूकम्प अपडेट : १६ जनाको मृत्यु, घाइते ४६ पुगे

काठमाडौं । चीनको सिजाङ स्वायत्त क्षेत्रको नागकु शहरस्थित बाकेन काउन्टीमा

तीनदिने तीर्थाटनका लागि आज रवि लामिछाने भारत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ आजदेखि प्रदर्शनमा

काठमाडौं । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल

सामाजिक सञ्जालले बढायो सुकुटीको कारोबार

सुनसरी । धरानमा राँगाको सुकुटी र त्यसबाट बनाइने अचारको व्यापार