१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

बाँकेमा सुत्केरी हुन अस्पताल जाँदै गर्दा २९ प्रतिशत महिलाको बाटैमा मृत्यु हन्छ



नेपालगन्ज । बाँके जिल्लामा मात्र सुत्केरी हुन अस्पताल धाउने क्रममा २९ प्रतिशत गर्भवती सुत्केरीको बाटो मै मृत्यु हुने गरेको एक तथ्याँकले देखाएको छ । स्वास्थ्य कार्यालय बाँकेको तथ्याँकमा बेथा लागिसकेपछि घरबाट अस्पताल, अस्पतालमा बेड नपाएर अर्को अस्पताल गर्दा गर्दै २९ प्रतिशत गर्भवती सुत्केरीको बाटोमै मृत्यु हुने गरेको पाइएको हो ।

बेथा लागेपछि ढिलो गरी अस्पताल हिडाउने, पहिलो सेवाका लागि सरकारी अस्पताल पु¥याउने त्यहाँ अत्याधिक भिड देखेपछि अन्य अस्पताल दौडाउने र अस्पतालहरुले पनि एउटाबाट अर्कोमा रिफर गर्ने गर्दा गर्भवती सुत्केरीको बाटोमै मृत्यु हुने गरेको तथ्याँकले देखाएको छ ।

सुविधा सम्पन्न अस्पताल र सबै पालिका र वडाहरुमा सवारी साधनको पहँच रहेरपनि बाँके जिल्ला लुम्बिनी प्रदेशमै धेरै गर्भवती सुत्केरीको मृत्यु हुने जिल्लामा पर्दछ ।

स्वास्थ्य कार्यालयका अनुसार बाँकेमा आर्थिक वर्ष २०७५/७६ मा २९ जना, २०७६/७७ मा ३५ जना र २०७७/७८ मा ४६ जना, आमाको मृत्यु भएको थियो । स्वास्थ्य कार्यालय, बाँकेकी पब्लिक हेल्थ नर्स विष्णु श्रेष्ठले चालु आर्थिक वर्षको ६ महिनामा १४ जना आमाको मृत्यु भएको बताइन् । श्रेष्ठका अनुसार जिल्लामा ४३ प्रतिशत अस्पतालमा, २९ प्रतिशत बाटोमा र १४ प्रतिशत आमाको घरमै मृत्यु भएको थियो ।

खबरकुरासँग कुरा गर्दै पब्लिक हेल्थ नर्स श्रेष्ठले सरकारी पहलबाटमात्र मृत्युदर घटाउन असम्भव भएको बताईन् । स्थानीय जनप्रतिनिधि, शिक्षा तथा जनचेतना र सबै स्थानमा सहज यातायातको पहुँच हुन सकेमात्र मृत्युदरमा न्युनिकरण हुन सक्ने उनको धारणा छ । श्रेष्ठका अनुसार बाँकेमा नियमित गर्भ जाँच नगराउने, खोप नलिने, घरमै सुत्केरी गराउने प्रयास गर्ने र गम्भीर भएपछि मात्र अस्पताल लैजाने, पोषिलो खानेकुरा खानु पर्छ भन्ने कुराको ज्ञान नहुने जस्ता समस्या जिल्लामा रहेको छ । स्वास्थ्य क्षेत्रबाट अधिकतम प्रयास भईरहेकै छ नी, तर मृत्युदर घटाउन सकिएन । उनले भनिन्, घरघरमा सेवा पु¥याउन त सकिंदैन । समाजमा सबैको बराबर सहयागबाट मात्र मृत्युलर घट्न सक्ने उनको भनाई छ ।

बाँकेमा सबै भन्दा बढी सुत्केरीको मृत्युदर नेपालगन्ज उपमहानगरपालिकामा रहेको छ । चालु आर्थिक वर्षमा १४ जनामध्ये ६ जना नेपालगन्जकै स्थानीय सुत्केरी हुने क्रममा मृत्यु भएको छ । सुबिधा सम्मपन्न अस्पताल र चिकित्सकहरुको पहँच भएर पनि नेपालगन्जमा बढी सुत्केरीको मृत्यु हुने गरेको छ । चालु आबमा बाँकेको जानकी गाउँपालिकामा ३ जनाको मृत्यु भएको छ भने राप्तीसोनारी र नरैनापुरमा दुई-दुई जना, कोहलपुर नगरपालिकामा एक जनाको मृत्यु भएको छ । गतवर्ष डुडुवामा ७, जानकी र नरैनापुरमा पाँच-पाँच जना, बैजनाथमा चार जना, कोहलपुरमा दुई जनाको मृत्यु भएको थियो ।

स्वास्थ्य कार्यालयका अनुसार बाँकेमा ३४ वटा बर्थिङ सेण्टर, ११ वटा ठूला अस्पताल, तीन वटा प्राथमिक स्वास्थ्य केन्द्र, ६ वटा शहरी क्लिनिक, दुई वटा सामुदायिक स्वास्थ्य इकाई रहेका छन् । त्यसैगरि आधारभूत स्वास्थ्य केन्द्र २७ वटा, खोप क्लिनिक २ सय ८३ वटा र गाउँघर क्लिनिक एक सय ४४ वटा छन् ।

त्यसो त सरकारले गर्भ रहेको ४, ६, ८ र ९ महिनामा जाँच गर्नेलाई सुत्केरी हुन स्वास्थ्य सँस्थामा पुग्दा पैसा पनि दिने गर्दछ । मृत्यु भएका आमालाई समुदायगत हेर्दा मधेसी, मुस्लिम बढी रहेका छन् । बाँकेमा प्रजनन् उमेरका विवाहित महिलाको संख्या एक लाख २९ हजार ३ सय ८९ रहेको छ । अपेक्षित गर्भवतीको संख्या १४ हजार ९ सय १२ जना रहेको नर्स श्रेष्ठले जानकारी दिईन् ।

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  १० : २७ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम