१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

३ वर्षमा ५२ सुत्केरीको एयर लिफ्टिङमार्फत उद्धार, आगामी वर्ष ४५ लाख विनियोजन



पोखरा । गण्डकी सरकारले पछिल्लो तीन वर्षमा ५२ जना सुत्केरी तथा गर्भवती महिलाको उद्धार गरेको छ । दुर्गम क्षेत्रमा रहेका ति महिलाहरूलाई सुरक्षित अस्पतालसम्म पुर्‍याउन हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । तीन वर्षअघिको बजेट र नीति तथा कार्यक्रममै राखेर सरकारले दुर्गमका महिलाको निस्शुल्क एयर लिफ्टिङ गर्ने योजना ल्याएको थियो ।

हरेक वर्ष दुर्गम ठाउँबाट सुत्केरीहरूलाई आपतकालीन उद्धार गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । चालु वर्षमा तीन जना सुत्केरी आमाको उद्धार गरिएको छ । सरकारले उक्त कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिन लागेको जनाएको छ ।

दुर्गम क्षेत्रका जटिल अवस्थामा रहेका गर्भवती र सुत्केरी महिला तथा नवजात शिशुको उद्धार गरी सुविधा सम्पन्न अस्पतालसम्म पुर्‍याएन एयर लिफ्टिङ कार्यक्रमका लागि ४५ लाख रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री रामजी बरालले बताए ।

सरकारले निजी कम्पनीका हेलिकोप्टरमार्फत सहकार्य गरेर सस्तोमा उनीहरूको उद्धार गर्दै आएको छ । यस्तै, उपचार गर्न नसक्ने सुत्केरी र गर्भवतीलाई सरकारले नै उपचारसमेत गराएको छ ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  १० : ३० बजे

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१

बुटवलका मासु व्यवसायी बधशालाको मासु बेच्न अनिच्छुक

बुटवल । मानव बस्तीको चहलपहल भइरहनेस्थलमै पशुपन्छी बध गरेर प्रदुषित