१५ आश्विन २०८३, बिहिबार | October 1, 2026

३ वर्षमा ५२ सुत्केरीको एयर लिफ्टिङमार्फत उद्धार, आगामी वर्ष ४५ लाख विनियोजन



पोखरा । गण्डकी सरकारले पछिल्लो तीन वर्षमा ५२ जना सुत्केरी तथा गर्भवती महिलाको उद्धार गरेको छ । दुर्गम क्षेत्रमा रहेका ति महिलाहरूलाई सुरक्षित अस्पतालसम्म पुर्‍याउन हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । तीन वर्षअघिको बजेट र नीति तथा कार्यक्रममै राखेर सरकारले दुर्गमका महिलाको निस्शुल्क एयर लिफ्टिङ गर्ने योजना ल्याएको थियो ।

हरेक वर्ष दुर्गम ठाउँबाट सुत्केरीहरूलाई आपतकालीन उद्धार गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । चालु वर्षमा तीन जना सुत्केरी आमाको उद्धार गरिएको छ । सरकारले उक्त कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिन लागेको जनाएको छ ।

दुर्गम क्षेत्रका जटिल अवस्थामा रहेका गर्भवती र सुत्केरी महिला तथा नवजात शिशुको उद्धार गरी सुविधा सम्पन्न अस्पतालसम्म पुर्‍याएन एयर लिफ्टिङ कार्यक्रमका लागि ४५ लाख रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री रामजी बरालले बताए ।

सरकारले निजी कम्पनीका हेलिकोप्टरमार्फत सहकार्य गरेर सस्तोमा उनीहरूको उद्धार गर्दै आएको छ । यस्तै, उपचार गर्न नसक्ने सुत्केरी र गर्भवतीलाई सरकारले नै उपचारसमेत गराएको छ ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  १० : ३० बजे

संसद अधिवेशनको अन्त्यको सूचना आएपछि मन्त्री रावलले गरिन् निजामती सेवा विधेयकको चर्चा

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

शुक्रबार रातिबाट संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

काठमाडौं । संघीय संसदको चालू अधिवेशन शुक्रबार रातिबाट अन्त्य हुने

मध्यराती पहिरो खस्न थालेपछि बेनीबजारमा भागाभाग (फोटोफिचर)

बेनी । काली गण्डकीको त्रारबाट बिस्तारै मुक्ति पाउँदै गरेको म्याग्दीको

खोलामा पुल बन्यो, जाने बाटो छैन

दार्चुला । जिल्लाको मालिकार्जुन गाउँपालिका-४ हुनैनाथस्थित ओजिगाड खोलामा झोलुङ्गे पुल

‘चिनियाँ राष्ट्रको महान् पुनर्जागरण रोक्न कसैले सक्दैन’ : सी चिनफिङ

बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रिय पुनर्जागरणको महान् लक्ष्य