२८ भदौ २०८३, आइतबार | September 14, 2026

पाँचथरमा पहिरो अपडेट : १ जना मृत फेला, २ जना अझै बेपत्ता



पाँचथर । पाँचथरमा अविरल वर्षासँगै गएको पहिरोले पुर्दा एकै परिवारका एक जनाको मृत्यु भएको छ भने २ जना अझै बेपत्ता भएका छन् ।

पाँचथरको फालेलुङ गाउँपालिका वडा नम्बर ७, बिहिदिनमा गएराती आएको पहिरोले घर र गोठ पुरिदा बेपत्ता भएको मध्ये ४२ वर्षीय रुपलाल मगर पुरिएको अवस्था मृत फेला परेको जिल्ला प्रहरि कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक राकेश थापाले जानकारी दिए ।

मगरलाई शनिबार बिहान ८ः१५ बजे फेला पारिएको प्रहरिले बताएको छ । उनको बुहारी ३८ वर्षीया गोमा मगर र उनको १९ वर्षीय भतिजि एलिसा मगर बेपत्ता भएको प्रहरीले बताएको छ । बेपत्ताहरुको उद्धार कार्य जारी रहेको तर बेपत्ताहरु फेला पार्न नसकिएको प्रहरीले बताएको छ ।

स्थानीय ७१ वर्षिय दल प्रसाद मगरको घर पहिरोले बगाएको हो । मगरलाई भने तत्काल प्रहरीले सकुशल उद्धार गरेको थियो । बेपत्ताहरुको खोजी नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले गरिरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ९ : १२ बजे

भोटेकोशी बाढीपीडितलाई रु सात लाख १५ हजार सहयोग

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौँ । नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

कृष्णभीरमा नयाँ ट्याक परीक्षण सफल

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा