७ आश्विन २०८३, बुधबार | September 23, 2026

टिभिएस अपाचे आरटिआर १६० फोर भि आरटि एफ आइ बुटवलमा सार्वजनिक



बुटवल । टिभिएस बाइकका लागी नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स अन्तरगत बालाजी आटोमोवाईल्स बुटवलले टिभिएस आरटिआर १६० फोर भी आरटि एफ आइ मोडेलको बाइक बुटवलमा सार्वजनिक गरिएको छ । बुटवलमा भव्य कार्यक्रमका बिचमा प्रख्यात गायक अनिल सिंह सहितको टोलीले सार्वजनिक गरेको हो ।

आरटिआर सिरिज अन्तर्गतको यो मोटरसाइकल टिभीएस आरटिआर १६० फोर भी आरटि एफ आइ शक्तिशाली १६० सीसीमा रहेको छ, जसले अटोमोबाइल क्षेत्रको बेन्चमार्क बन्ने कुरामा कम्पनी विश्वस्त रहेको छ । बुटवलमा आयोजना गरिएको कार्यक्रममा टिभिएस अपाचे आरटिआर १६० फोर भी आरटि एफ आइ बिट्स नामक कार्यक्रममार्फत सार्वजनिक गरिएको हो । कार्यक्रममा बालाजि अटोमोवाईल्स बुटवलका प्रमुख विशाल जैसवाल, टिभिएस जगदम्बा मोटर्सका क्षेत्रीय म्यानेजर धनिराम भुषाल, प्रशान्त राज भण्डारी, विक्रम पौडेल सहितको टिमले नयाँ मोटरसाईकल सार्वजनिक गरेका हुन ।

४ भल्भ, आयल कुल्ड इन्जिन रहेको टिभिएस आरटिआर १६० फोर भी आरटि एफ आइ, इण्डियन नेशनल मोटरसाइकल रेसिङ च्याम्पियनशिप (आइ एन एम आर सी) को छ पटकको बिजेता मोटरसाइकल हो । नयाँ टिभिएस आरटिआर १६० फोर भी आरटि एफ आइमा थप प्रविधिहरु जोडेर बजारमा आयको हो ।

टिभीएस आरटिआर १६० फोर भी आरटि एफ आइ कार्बोरेटोर भेरिअण्टमा उपलब्ध रहेको छ । यसमा १५९.७ सीसी सिंगल सिलिण्डर, ४ स्ट्रोक, ४ भल्भ इन्जिन रहेको छ, उक्त इन्जिनले १६.५ पी एस पावर ८००० आरपीएम मा र १४.८ एनएम टर्क ६५०० आरपीएममा उत्पादन गर्छ । पावर राइडिङ्गको लागि सुपर स्लिक मेटेड ५ स्पिड गियर बक्स रहेको छ, जसले पावरफुल राइडिङ्ग को अनुभव प्रदान गर्नेछ ।
आफ्नो रेसिंग विरासतलाई कायम राख्नको लागि टिभीएस अपाचे आरटिआर १६० फोर भी पावर टु वेट रेसियोमा टप ११३ किलोमिटर प्रति घण्टा रहेको छ । जसले आश्चर्यजनक रुपमा ०.६० किलोमिटर प्रति घण्टा मात्र ४.७३ सेकेन्डमा पुरा गर्दछ ।

पेटेण्डेड डबल क्रेडल स्प्लिट सिन्क्रो स्टिफ डिजाइन गरियको उक्त मोटरसाइकल, उत्कृस्ट हाइ स्पिड स्टेबिलिटि, बेस्ट इन क्लास अनरअफ ट्रयाक ह्याण्डलिड्ले सुसज्जित रहेको छ । टिभिएस राइडरहरुको परिसुद्दता र इन्जिनियरहरुको बिशेषज्ञतामा आधारित मोनो शक् सस्पेन्सन र रेजर शार्प ह्याण्डलिङ्ग यो मोटरसाइकलको आकर्षण हो, राइडरहरुको सेफ्टीको लागि डिश ब्रेक र ड्रम ब्रेक दुवैमा उपलब्ध रहेको छ ।

यो मोटरसाइकले फुल्ली डिजिटल स्पिडोमिटर आइ एन एम आर सी मा आधारित रेस मेशिन आर टि आर १६५ मा आधारित छ । अग्रेसिभ हेड ल्याम्प, फेशनेवल बडी, फ्ल्याग ग्राफिक्स र स्लिक शार्प टेलहरु ग्राहकहरुलाई थप आकर्सित गर्ने बिसेशताहरु हुन । नेपाली बजारमा यो बाइकको मूल्य २ लाख ७९ हजार ९ सय रहेको टिभिएस अपाचे १६० फोर भी आरटि एफ आइ आकर्षक रेसिंग रेड, मेटालिक ब्लु र नाइट ब्ल्याक रंगहरुमा उपलब्ध छ ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ९ : ५१ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई