२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

टिभिएस अपाचे आरटिआर १६० फोर भि आरटि एफ आइ बुटवलमा सार्वजनिक



बुटवल । टिभिएस बाइकका लागी नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स अन्तरगत बालाजी आटोमोवाईल्स बुटवलले टिभिएस आरटिआर १६० फोर भी आरटि एफ आइ मोडेलको बाइक बुटवलमा सार्वजनिक गरिएको छ । बुटवलमा भव्य कार्यक्रमका बिचमा प्रख्यात गायक अनिल सिंह सहितको टोलीले सार्वजनिक गरेको हो ।

आरटिआर सिरिज अन्तर्गतको यो मोटरसाइकल टिभीएस आरटिआर १६० फोर भी आरटि एफ आइ शक्तिशाली १६० सीसीमा रहेको छ, जसले अटोमोबाइल क्षेत्रको बेन्चमार्क बन्ने कुरामा कम्पनी विश्वस्त रहेको छ । बुटवलमा आयोजना गरिएको कार्यक्रममा टिभिएस अपाचे आरटिआर १६० फोर भी आरटि एफ आइ बिट्स नामक कार्यक्रममार्फत सार्वजनिक गरिएको हो । कार्यक्रममा बालाजि अटोमोवाईल्स बुटवलका प्रमुख विशाल जैसवाल, टिभिएस जगदम्बा मोटर्सका क्षेत्रीय म्यानेजर धनिराम भुषाल, प्रशान्त राज भण्डारी, विक्रम पौडेल सहितको टिमले नयाँ मोटरसाईकल सार्वजनिक गरेका हुन ।

४ भल्भ, आयल कुल्ड इन्जिन रहेको टिभिएस आरटिआर १६० फोर भी आरटि एफ आइ, इण्डियन नेशनल मोटरसाइकल रेसिङ च्याम्पियनशिप (आइ एन एम आर सी) को छ पटकको बिजेता मोटरसाइकल हो । नयाँ टिभिएस आरटिआर १६० फोर भी आरटि एफ आइमा थप प्रविधिहरु जोडेर बजारमा आयको हो ।

टिभीएस आरटिआर १६० फोर भी आरटि एफ आइ कार्बोरेटोर भेरिअण्टमा उपलब्ध रहेको छ । यसमा १५९.७ सीसी सिंगल सिलिण्डर, ४ स्ट्रोक, ४ भल्भ इन्जिन रहेको छ, उक्त इन्जिनले १६.५ पी एस पावर ८००० आरपीएम मा र १४.८ एनएम टर्क ६५०० आरपीएममा उत्पादन गर्छ । पावर राइडिङ्गको लागि सुपर स्लिक मेटेड ५ स्पिड गियर बक्स रहेको छ, जसले पावरफुल राइडिङ्ग को अनुभव प्रदान गर्नेछ ।
आफ्नो रेसिंग विरासतलाई कायम राख्नको लागि टिभीएस अपाचे आरटिआर १६० फोर भी पावर टु वेट रेसियोमा टप ११३ किलोमिटर प्रति घण्टा रहेको छ । जसले आश्चर्यजनक रुपमा ०.६० किलोमिटर प्रति घण्टा मात्र ४.७३ सेकेन्डमा पुरा गर्दछ ।

पेटेण्डेड डबल क्रेडल स्प्लिट सिन्क्रो स्टिफ डिजाइन गरियको उक्त मोटरसाइकल, उत्कृस्ट हाइ स्पिड स्टेबिलिटि, बेस्ट इन क्लास अनरअफ ट्रयाक ह्याण्डलिड्ले सुसज्जित रहेको छ । टिभिएस राइडरहरुको परिसुद्दता र इन्जिनियरहरुको बिशेषज्ञतामा आधारित मोनो शक् सस्पेन्सन र रेजर शार्प ह्याण्डलिङ्ग यो मोटरसाइकलको आकर्षण हो, राइडरहरुको सेफ्टीको लागि डिश ब्रेक र ड्रम ब्रेक दुवैमा उपलब्ध रहेको छ ।

यो मोटरसाइकले फुल्ली डिजिटल स्पिडोमिटर आइ एन एम आर सी मा आधारित रेस मेशिन आर टि आर १६५ मा आधारित छ । अग्रेसिभ हेड ल्याम्प, फेशनेवल बडी, फ्ल्याग ग्राफिक्स र स्लिक शार्प टेलहरु ग्राहकहरुलाई थप आकर्सित गर्ने बिसेशताहरु हुन । नेपाली बजारमा यो बाइकको मूल्य २ लाख ७९ हजार ९ सय रहेको टिभिएस अपाचे १६० फोर भी आरटि एफ आइ आकर्षक रेसिंग रेड, मेटालिक ब्लु र नाइट ब्ल्याक रंगहरुमा उपलब्ध छ ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ९ : ५१ बजे

न्यूरोडको आरबी कम्प्लेक्स र पिपुल्स प्लाजालाई कर भुक्तानी र कर विवरण बुझाउन महानगरको पत्र

काठमाडौं । ‘आरबी कम्प्लेक्स (रणमुक्तेश्वर विजनेस कम्प्लेक्स)’ र ‘पिपुल्स प्लाजा’

का क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन

सहकारीको रकम अपचलनको आरोप लागेकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

काठमाडौं । राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं। राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११

लोकतन्त्रको विकासमा जगतको अहम् भूमिका हुन्छ : मुख्यमन्त्री कँडेल

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले लोकतन्त्रको विकास,