४ बैशाख २०८१, मंगलबार | April 16, 2024

बढ्यो सेयर बजार



काठमाडौ । सेयर बजार साताको पहिलो दिन आइतबार हरियाली छाएको छ । आइतबार ५७.६१ अंकको बढोत्तरीका साथ बजारमा हरियाली छाएको हो। योसँगै नेप्से परिसूचक २०८६।३८ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स १०.२२ अंकले बढेर ३९८.८४ को विन्दुमा पुगेको छ। कारोबार रकम साढे २ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।

बजार जानकार महेश रिजाल आइतबारको बढाइले बजार लगभग सुधारमा फर्किएको भन्न सकिने बताउँछन्। ‘लगानीकर्तामा मौद्रिक नीति केही लचिलो आउन सक्ने र बजार २५०० को विन्दुसम्म पुग्न सक्ने मनोविज्ञानका कारण बजार बढेको देखिन्छ’, उनले भने, ‘केही दिनदेखि भोलुमले पनि साथ दिएको छ।’

सक्रिय लगानीकर्ता मोनिका थापा बजार जसरी घटेको थियो, त्यसरी नै बढेको बताउँछिन्। ‘खासगरी बजारमा ४–१२ को डरले र अझै सस्तोमा सेयर पाइन्छ भन्ने मनोविज्ञानले बजार घटेको थियो’, उनले भने, ‘तर, आज आएर पर्ख र हेरको अवस्थामा बसेका लगानीकर्ताहरुले आक्रमक ढंगले खरिद गर्दा बजारमा बढोत्तरी आएको छ।’

पछिल्लो समय राष्ट्र बैंक पनि दबाबमा परेकोले मौद्रिक नीतिमा केही न केही सकारात्मक नीति आउन सक्ने लगानीकर्ताको मनोविज्ञानले बजार बढेको थापाको तर्क छ। आइतबार नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ।

यो दिन व्यापार समूह सर्वाधिक ९.३ प्रतिशतले उकालो लागेको छ। जलविद्युत समूह ५.६३ प्रतिशतले बढ्दा बैंकिङ समूहमा १.२३ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ३.५ प्रतिशत, विकास बैंक समूहमा ३.३८ प्रतिशत, वित्त समूहमा ४.२१ प्रतिशत, निर्जीवन बिमा समूहमा २.१९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ४.९ प्रतिशत, अन्य समूहमा ४.७५ प्रतिशत, लघुवित्त समूहमा ३.१ प्रतिशत, जीवन बीमा समूहमा १.७२ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.४४ प्रतिशत र लगानी समूहमा ३.५५ प्रतिशतको बढोत्तरी आएको छ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ५ : ३२ बजे

नेप्से परिसूचक आज पनि ओरालो लाग्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

कानुनको सफल कार्यान्वयनबाट मात्रै सुशासनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुनको सफल कार्यान्वयनबाट मात्रै

लुम्बिनीका संसदीय समिति सर्वसम्मत चुनिदै

बुटवल । लुम्बिनी प्रदेश सभाका सात विषयगत समितिका सभापति सर्वसम्मत

धूम्रपान र सुर्तिजन्य पदार्थ नियन्त्रण गर्दै नेपालगन्ज

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले धूम्रपान तथा सुर्तिजन्य पदार्थको नियन्त्रण र

‘एक पैसा कहिलेलाई ? बागलुङ्को चैतेदसैँलाई….’

बागलुङ । बागलुङको ऐतिहासिक चैतेदसैँ मेलालाई लिएर थुप्रै गीत रचिएका