१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

बढ्यो सेयर बजार



काठमाडौ । सेयर बजार साताको पहिलो दिन आइतबार हरियाली छाएको छ । आइतबार ५७.६१ अंकको बढोत्तरीका साथ बजारमा हरियाली छाएको हो। योसँगै नेप्से परिसूचक २०८६।३८ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स १०.२२ अंकले बढेर ३९८.८४ को विन्दुमा पुगेको छ। कारोबार रकम साढे २ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।

बजार जानकार महेश रिजाल आइतबारको बढाइले बजार लगभग सुधारमा फर्किएको भन्न सकिने बताउँछन्। ‘लगानीकर्तामा मौद्रिक नीति केही लचिलो आउन सक्ने र बजार २५०० को विन्दुसम्म पुग्न सक्ने मनोविज्ञानका कारण बजार बढेको देखिन्छ’, उनले भने, ‘केही दिनदेखि भोलुमले पनि साथ दिएको छ।’

सक्रिय लगानीकर्ता मोनिका थापा बजार जसरी घटेको थियो, त्यसरी नै बढेको बताउँछिन्। ‘खासगरी बजारमा ४–१२ को डरले र अझै सस्तोमा सेयर पाइन्छ भन्ने मनोविज्ञानले बजार घटेको थियो’, उनले भने, ‘तर, आज आएर पर्ख र हेरको अवस्थामा बसेका लगानीकर्ताहरुले आक्रमक ढंगले खरिद गर्दा बजारमा बढोत्तरी आएको छ।’

पछिल्लो समय राष्ट्र बैंक पनि दबाबमा परेकोले मौद्रिक नीतिमा केही न केही सकारात्मक नीति आउन सक्ने लगानीकर्ताको मनोविज्ञानले बजार बढेको थापाको तर्क छ। आइतबार नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ।

यो दिन व्यापार समूह सर्वाधिक ९.३ प्रतिशतले उकालो लागेको छ। जलविद्युत समूह ५.६३ प्रतिशतले बढ्दा बैंकिङ समूहमा १.२३ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ३.५ प्रतिशत, विकास बैंक समूहमा ३.३८ प्रतिशत, वित्त समूहमा ४.२१ प्रतिशत, निर्जीवन बिमा समूहमा २.१९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ४.९ प्रतिशत, अन्य समूहमा ४.७५ प्रतिशत, लघुवित्त समूहमा ३.१ प्रतिशत, जीवन बीमा समूहमा १.७२ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.४४ प्रतिशत र लगानी समूहमा ३.५५ प्रतिशतको बढोत्तरी आएको छ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ५ : ३२ बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो