२० बैशाख २०८१, बिहिबार | May 2, 2024

नेपालगन्ज विमानस्थलको स्तरउन्नती, नीति तथा कार्यक्रममा पर्छ बजेटमा पर्दैन



नेपालगन्ज । सरकारले नेपालगन्ज विमानस्थलको स्तरोन्नती गरी भविष्यमा अन्तराष्ट्रिय विमानस्थलको रुपमा समेत स्तरबृद्धि गर्न सकिने गरी गुरुयोजना तयार गरेको भएपनि गुरुयोजना अनुसार काम हुनु त कता हो कता विमानस्थल सुधारका लागि विनियोजित ३ अर्ब बजेट समेत कटौती भएपछि गुरुयोजना कार्यान्वयन हुनेमा आशंंका उब्जीएको छ ।

सरकारका पछिल्लो तीनबर्ष यताका नीति तथा कार्यक्रम र बजेटमा नेपालगन्ज विमानस्थलको स्तरोन्नती तथा नयाँ टर्मिनल भवन निर्माण गर्ने कुरा प्राथमिकतामा पर्ने गरेका छन । नीति तथा कार्यक्रम र बजेटमै परेपनि नेपालगन्ज विमानस्थल स्तरोन्नती र नयाँ टर्मिनल भवन निर्माणको कुनै पनि काम भने अघि बढाउन पहल गर्ने गरेको छैन । गुरुयोजनाका कार्यान्वयन गर्न छाडेर टर्मिनल भवन निर्माणका लागि भएको टेन्डर रद्द गर्दै भवन निर्माणका लागि बिनियोजित ३ अर्ब रुपैँया बजेट खोसेर अन्यत्र लगिएको छ । सरकारको यस्तो कार्यले भविष्यमा अन्तराष्ट्रिय विमानस्थलको रुपमा समेत स्तरबृद्धि गर्न सकिने गरी तयार पारीएको गुरुयोजना कार्यान्वयन हुनेमा शंका उत्पन्न भएको नेपालगन्ज उद्योग बाणिज्य संघका महासचिव चिरिञ्जीवी ओली बताउँछन् ।

नेपालगन्जवाट भारतको दिल्ली उडान गर्ने भन्दै विगतमा विभिन्न प्रयास भएका थिए । तर अहिले नेपालगन्ज–दिल्ली उडानको चर्चा पनि सेलाएको छ । सरकारी रबैयाका कारण नेपालगन्ज र यस आरसपासका क्षेत्रका पर्यटन व्यवसायीसमेत चिन्तित बनेको पर्यटन प्रर्बद्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठको भनाइ छ ।

गुरुयोजना अनुसार एयरपोर्टको धावनमार्ग २ हजार ५ सय मिटर बनाईने योजना अनुसार यसअघि १५ सय मिटर रहेको धावन मार्ग थप २ सय मिटर मात्र निर्माण भएको छ । भने अन्य कुनैपनि कामहरु हुन सकेको छैन । बजेट बिनियोजन गरि कार्यान्यन गर्ने चोसो नदेखाइएका कारण योजना कायान्वयन हुन नसकेको नेपालगन्ज विमानस्थलका प्रमुख सुभाष झाले बताए ।

२०३७ सालमा निर्माण गरिएको नेपालगन्ज विमानस्थलको टर्मिनल भवन यात्रु र जहाज संख्या बढेकोले साँघुरो हुन पुगेको छ । दैनिक ५० देखि ६० वटा विमान उडान हुने यो काठमाडौंपछिको व्यस्त विमानस्थलमा पर्छ । विमानस्थललाई गुरुयोजना अनुसार अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउने भनिएपनि त्यसतर्फ सरकारको ध्यान जान नसक्दा गुरुयोजना कार्यान्वयन हुनेमा सरोकारवालाले आशंका व्यक्त गरेका छन ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ६ : ३१ बजे

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक

वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका

बर्दिया एमाले अध्यक्षमा शालिकराम अधिकारी प्यानल सहित विजयी

बर्दिया । नेकपा एमाले बर्दियाको अध्यक्षमा एमाले उपाध्यक्ष विष्णु पौडेल

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य