२० श्रावण २०८३, बुधबार | August 5, 2026

पौडी खेल्ने क्रममा दुई भारतीय नागरिकको मृत्यु



रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर १ स्थित रहेको नुनथर बागमती खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ । रौतहटको नुनथरमा घुम्न आएका भारतीय नागरिकको नुनथर बागमती खोलाले पौडी खोल्ने क्रममा बगाउँदा दुई जनाको मृत्यु भएको हो ।

भारतको सितामडीबाट बिआर ०१ एसफ ६६१९ कारबाट शनिबार रौतहटको नुनथरमा घुम्न आएका तीन जना भारतीय नागरिकलाई खोलामा पौडी क्रममा खोलाले बगाएको थियो । खोलामा पौडी क्रममा भारतको सितामडी जिल्ला कोटबजारका २७ वर्षीय सुमन साह, ३१ वर्षीय मयक अग्रवाल र ३० वर्षीय गोलु कुमारलाई खोलाले बगाएको थियो ।

खोलाले बगाउने क्रममा स्थानीयले थाहा पायलगतै बचाउने क्रममा साहलाई बचाउन सफल भएका थिए भने अग्रवाल र कुमारलाई खोलाले बगाएको थियो ।

बेपत्ता भएका दुई जनाको शव आइतबार दिउसो फेला परेको प्रहरीले पुष्टि गरेको छ । मृतकका आफन्त प्रहरी सम्पर्कमा आएका छन् । खोलामा पौडी खेल्न क्रममा बेपत्ता भएपछि इलाका प्रहरी कार्यालय रौतहट र नुनथर प्रहरी चौकी र सशस्त्र प्रहरी बलको टोलीले खोजतलास गर्दा चन्द्रपुर र वृन्दावन नगरपालिकाको सीमामा सोही बागमती खोलामा अग्रवाल र कुमार मृत फेला परेका हुन् ।

मृतक शवको कानुन बमोजिम मुचुल्का उठाई थप अनुसन्धान कार्य भइरहेको छ भने शवलाई पोस्टमार्टमका लागि चन्द्रपुर नगरपालिका लगिएको छ ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ७ : २९ बजे

कन्टिनेन्टल कम्पोनेन्ट सर्भिसेस प्रालिलाई उपस्थित हुन पत्राचार

काठमाडौं । कन्टिनेन्टल कम्पोनेन्ट सर्भिसेस प्रालि (उद्योग)लाई छलफलका लागि उपस्थित

विपद्का घटनामा दुई जनाको मृत्यु, एक बेपत्ता

काठमाडौं । देशका विभिन्न ५२ जिल्लामा भएका विपद्का ६६ घटनामा

राष्ट्र बैंकले ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु

सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

इरान युद्धपछि अमेरिकी मिसाइल भण्डार ‘खतरनाक रूपमा न्यून’

काठमाडौं । इरानसँगको युद्धका क्रममा अमेरिकी सेनाले प्रयोग गर्ने अत्याधुनिक