१९ माघ २०८२, सोमबार | February 3, 2026

१२ औ राष्ट्रपति रनिङशिल्ड छनौट प्रतियोगिता : बुटवल १२ स्वर्ण सहित शिर्षस्थानमा



बुटवल । १२ औ राष्ट्रपति रनिङशिल्ड जिल्ला छनौट प्रतियोगिता अन्तरगत आईतबार दोस्रो दिन भएको खेलमा बुटवल उपमहानगरपालिकाले सर्वाधिक १२ स्वर्ण आफनो नाममा लेखाउन सफल भएको छ । योसंगै बुटवल अंक तालिकाको शिर्षस्थानमा रहेर रनिङशिल्डको दाबेदारी गरेको छ ।

रुपन्देही जिल्ला खेलकुद विकास समितिको आयोजनामा कालिका मानव ज्ञान माविको खेलमैदानमा भएको प्रतियोगिता अन्तरगत दोस्रो दिन ४ स्वर्ण जोड्दै बुटवलले स्वर्णको संख्या १२ पुर्याएको हो । आईतबार सम्पन्न कबड्डी खेलमा बुटवल उपमहानगरपालिका छात्र÷छात्रा दुबैमा बुटवलले स्वर्ण हात पारेको छ । छात्रतर्फ बुटवलले गैडहवा गाउपालिकालाई ५१ का बिरुद्ध ९४ अंकले पराजित गर्दै स्वर्ण जितेको हो भने छात्रातर्फ बुटवलले कंचन गाउपालिकालाई ३५ का बिरुद्ध ४० अंकले पराजित गर्दै स्वर्ण हात पारेको हो ।

यसैगरि आईतबार नै भएको भलिबल खेलमा छात्रतर्फ बुटवलले तिलोत्तमा नगरपालिकालाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको छ । यसैगरि खेलमा सैनामैना नगरपालिका तेस्रो भएको छ । यता छात्रातर्फ पनि बुटवलले तिलोत्तमालाई समान २–० को सेटमा पराजित गर्दै उपाधि हात पारेको हो । खेलमा सैनामैना नगरपालिका तेस्रो भएको छ ।
शनिबार पहिलो दिनको खेलमा बुटवल उपमहानगरपालिकाले करातेतर्फ ५ र तेक्वान्दोतर्फ ३ स्वर्ण जितेको थियो । करातेतर्फ छात्र ४२ केजी तौल समुहमा बुटवलका पवन वुढा थापा प्रथम भएका छन । यसैगरि खेलमा देवदहका कृष्ण चिदी दोस्रो तथा रोहिणीका प्राईम गुरुङ र कंचनका आषिश थारु तेस्रो भए । छात्र ४७ केजी तौल समुहमा बुटवलकै अविनाश जिं.एम पहिलो, तिलोत्तमा नगरपालिकाका अमृत न्यौपाने दोस्रो तथा कंचनका कपिल श्रेष्ठ र देवदहका हिमाल सारु तेस्रो भए । छात्र ५२ केजी तौल समुहमा बुटवलका राहुल चौधरी पहिलो, बुटवलकै हिमाल क्षेत्री दोस्रो तथा देवदहका मन्दिप जि.सी र कंचनका विवश वराली मगर तेस्रो भए ।

खेलकै छात्रातर्फ ४० केजी तौल समुहमा बुटवलकी श्रृष्टि जि एम पहिलो, रोहिणीकी शुशिला चौधरी दोस्रो तथा देवदहकी सरिता वि.क तेस्रो र तिलोत्तमाकी अमिसा पोखरेल चौथो भए । छात्रा ४५ केजी तौल समुहमा बुटवलकी इशा पाण्डे पहिलो, बुटवलकै दृष्टि जिं.एम दोस्रो र बुटवलकै समिक्षा सावत तेस्रो र रोहिणीकी नसादिया खातुन चौथो भए । ५० केजी तौल समुहमा देवदहकी रमा कुंवर पहिलो, बुटवलकी दिप्ती कार्कि दोस्रो, कंचनकी छायाँ गुरुङ तेस्रो र सिनकी सदिक्षा रुचाल चौथो भएका छन् ।

एथ्लेटिक्सतर्फको खेल सोमबार हुने कराते प्रशिक्षक उमेश थापाले बताए । प्रतियोगितामा रुपन्देही जिल्लाका बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका, सैनामैना नगरपालिका, कंचन गाउपालिका, रोहीणी गाउपालिका र ओमसतिया गाउपालिका गरि सात वटा स्थानिय तहका खेलाडीहरुले भाग लिएको उनले बताए ।
एक समारोहका बिच आईतबार प्रतियोगिताको मुल समारोहको लुम्बिनी प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले उद्घाटन गर्दै प्रदेशको खेल विकाससंगै खेलाडीको क्षमता विकासमा आफु लाग्ने बताए । पुर्वाधार विकास गर्नसकेमात्र खेल पर्यटन विकास र खेलाडीहरु प्लटफर्म पाउने दाबी गर्दै उनले यसमा प्रदेश सरकारको विशेष चासो रहेको बताए ।

 

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  १० : ३३ बजे

वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृतसहित तीन जना अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको

बन्दसूचीमा समेटिएकामध्ये मापदण्ड नपुगेका ७६ जनाको नाम सूचीबाट हटाइयो(सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीमा

आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति काउन्सिल निर्मम बन्ने

नेपालगन्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले

एन आई सी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंकले आकर्षक कर्जा योजनाहरू

एनआरएनएको १२औँ सम्मेलन फागुन ३० मा

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को १२ औँ गैरआवासीय नेपाली