७ आश्विन २०८३, बुधबार | September 23, 2026

तिलोत्तमालाई युवामैत्री स्थानीय शासन घोषणा गर्न प्रतिबद्धता



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई युवामैत्री स्थानीय तह घोषणाका लागि कार्ययोजना बनाउन प्रतिबद्धता पत्र सार्वजनिक गरिएको छ । युवामैत्री स्थानीय शासन अभियानलाई ठोस रुप दिन जनप्रतिनिधि र युवाहरुको लागि क्षमताअभिबृद्धि कार्यक्रमको समापनमा ७ बुँदे प्रतिवद्धतापत्र सार्वजनिक गरिएको हो ।

२ महिनाभित्र युवामैत्री स्थानीय शासनको अवलम्वन तथा कार्यान्वयनका लागि वर्तमान अवस्था विश्लेषण तथा आगामी ५ वर्षको मार्गदर्शन तयार गर्ने, नगरपालिकाका जनप्रतिनिधिहरु, विषयगत शाखा, कर्मचारी र बहुसरोकारवालाहरुसँग नियमित अन्तरक्रिया, छलफल र अभिमुखीकरणलाई निरन्तरता दिन कार्यक्रममा सहभागीहरुले प्रतिबद्धता जनाएका छन ।

तिलोत्तमा नगरपालिकामा रहेका विभिन्न विषयगत, विकास र अभियानसँग सम्वन्धित संरचनाहरुमा युवाहरुको अर्थपुर्ण र समान सहभगिता प्रभावकारी बनाउन सामुहिक पहल गर्ने तथा युवाहरुको खेलकुद, स्वास्थ्य, शिक्षा, अनलाइन सुरक्षा , लागुपदार्थ दुव्र्यसनी, इत्यादी सवालहरुमा आआफ्नो ठाउँबाट सचेतना वृद्धि गर्ने समेत प्रतिबद्धतामा उल्लेख गरिएको छ । तिलोत्तमा नगरपालिकामा युवामैत्री स्थानीय शासनका ७ रणनीति, ४६ कार्यनीति, ४५ सुचकहरुको स्थानीयकरण गर्र्दै ४ चरणहरुका आधारमा क्रमश युवामैत्री स्थानीय शासन बनाउने गरि प्रतिबद्धता तयार पारिएको छ ।

तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य तथा सामाजिक विकास समिति संयोजक रवि सेन्चुरीको अध्यक्षतामा, नगर प्रमुख रामकृष्ण खाँण प्रमुख अतिथि र उपप्रमुख जगेश्वरी देवी चौधरी विशेष अतिथिमा उद्घाटन गरिएको कार्यक्रममा वडा अध्यक्ष आस्मिन पौडेल, कार्यपालिका सदस्य तारा सुनार, राष्ट्रिय युवा परिषद्का सदस्य बाबुराम बन्जाडे, प्रदेश युवा परिषद्का उपाध्यक्ष संजीब बस्याल, अपाङ्गता तथा यौनिक लैङ्गिक अल्पसंख्यक अभियानका प्रतिनिधीहरु, बाल क्लव, युवा स्वयंसेवक तथा युवामैत्री स्थानीय शासन अभियानकर्मीहरु गरि ३५ जनाको सहभागिता रहेको थियो ।

तालिमको सहजीकरण अधिवक्ता तथा युवामैत्री स्थानीय शासन अभियानकर्मी विष्णु खत्री , राष्ट्रिय युवा परिषदका कार्यकारी सदस्य तथा युवामैत्री स्थानीय शासन अभियानकर्मी तिलोत्तम पौडेल तथा संचारकर्मी सञ्जु पौडेलले गरेका थिए ।

कार्यक्रममा सहभागीता पछि एलेक्स पाण्डेले सबै क्षेत्र तह, विभेदमा परेका , अपाङ्गता भएका, यौनीक तथा लैङ्गिक अल्पसङख्यक, तथा सबै पृष्ठभुमिका युवाहरु समेटेर युवामैत्री पालिका बनाउन जोड् दिए । सहभागी विवेक भण्डारीले पहिलो पटक युवामैत्रीको विषयमा सुन्न बुभm्न र सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै सक्दो योगदान गर्ने बताए । तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जिवन ज्ञवालीले युवाहरुको प्रतिबद्धतामा नगरपालिका पनि सहयोग, समन्वय र सहकार्य गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे । उक्त अवसरमा कार्यपालिका सदस्य रवि सेन्चुरीले तिलोत्तमाले मानवीय विकासलाई पनि सँगसँगै अघि बढाउने गरि नीति कार्यक्रम र बजेट तयार पारेको बताए ।

 

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  १० : ४६ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई