१० पुस २०८२, बिहिबार | December 25, 2025

जसपाका तीन मन्त्री फेरिँदै, इस्तियाक राई भौतिक पूर्वाधारमन्त्री सिफारिस



काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले अन्ततः ३ मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई जिम्मेवारी दिने भएको छ ।

भौतिक पूर्वाधार मन्त्रालयमा मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपक्षी मन्त्रालयमा मृगेन्द्रकुमार सिंह र बन मन्त्रालयमा प्रदीपकुमार यादव सिफारिस भएका छन् ।

कृषि मन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री राम सहाय यादवलाई जसपाले सरकारबाट फिर्ता बोलाएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिइने भएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले आइतवार प्रधानमन्त्री शेरबहादुर देउवासंग भेट गरि मन्त्री हेरफेर गर्ने बारे छलफल गरेर फर्किए लगत्तै तीन जना मन्त्रीको नाम लिस्ट लिएर बाँकेका सांसद राई आफै आफु सहितको नाम बुझाउन प्रधानमन्त्री निवास पुगेका थिए ।

आइतबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर अध्यक्ष यादवले नयाँ मन्त्रीहरूको नाम उपलब्ध गराएको जसपाका एक नेताले बताएका छन् । उनका अनुसार सम्भवतः आजै शपथ हुने बताइएको छ ।

डा. बुबुराम भट्टराईको अनुपस्थितीमा भएको उपेन्द्र यादव पक्षका केन्द्रीय नेताहरुको बैठकले मन्त्रीको नाम सिफारिस गर्ने जिम्मेवारी अध्यक्ष यादवलाई दिएसँगै यादवले नयाँ मन्त्रीहरुको नाम सिफारिस गरेका हुन् ।

हाल बाँके जिल्लाबाट नेकपा माओवादी केन्द्रबाट महेश्वर गहतराज अथक खेलकुद तथा युवा मन्त्री छन् भने राईले सपथ लिएपछि जिल्लाले संघीय सरकारमा दुई जना मन्त्री पाउने छ । यता प्रदेश सरकारमा नेपाली काँग्रेसका नेता सुरेन्द्र बहादुर हमाल वन तथा वातावरण मन्त्री छन् ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ९ : ०६ बजे

लन्डनको प्लमस्टिडमा नेपालीको लगानीमा खुल्यो एशियन ओरिएन्टल सुपरमार्ट

लन्डन । नेपालीहरुको उल्लेख्य बसोबास रहेको साउथ इष्ट लण्डनको प्लमस्टिडमा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

बिलाउनीको झाडी फाडेर सुन्तला बगान

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर

नरैनापुर पर्यटन प्रवद्र्धनमा मिडियाको सहकार्य आवश्यक : पत्रकारहरूको प्रतिबद्धता

बाँके । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सञ्चार माध्यमको भूमिका

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु