८ बैशाख २०८१, शनिबार | April 20, 2024

ठाउँ अभावमा आलोपालो सुत्छन् कैदीबन्दी



सुर्खेत । बीस जना कैदी बन्दी अट्ने क्षमता रहेको जाजरकोट कारागारमा ५४ जना राख्दा व्यवस्थापनमा समस्या उत्पन्न भएको छ । सुधार गृहको रुपमा रहेको कारागारमा कैदीबन्दीलाई बसाई व्यवस्थापनको समस्याले गर्दा चुनौती थपिएको हो । १५ जना पुरुष र ५ जना महिलाको क्षमता रहेको कारागारमा अहिले ५४ जना कैदीबन्दी छन् ।

कारागारका नाइके कुशबहादुर महताराले कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि विद्युत्, खानेपानी, सुत्न र स्वास्थ्य उपचारमा समस्या उत्पन्न भएको बताउदै आएका छन् । संख्या बढी हुँदा सुत्नका लागि समस्या भएको छ । जेलर चन्द्रबहादुर गिरीले जिल्ला कारागारमा अहिले ३५ जना कैदी र १९ जना थुनुवा गरी जम्मा ५४ जना कैदीबन्दी रहेको बताए । पुरानो भवन र क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन गर्न समेत कारागार प्रशासनलाई समस्या भइरहेको जेलर गिरी भनाई छ ।

जिल्लामा रहेको कारागार जीर्ण भएपछि कैदी बन्दीहरूले वर्षाको समयमा राम्ररी सुत्न समेत नपाउने कैदी बन्दी दीर्घबहादुर नेपालीले बताए । साथीहरूले आलोपालो गरेर सुत्नुपर्ने बाध्यता रहेको उनीहरुको गुनासो छ ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले कारागारमा देखिएका समस्या समाधानका लागि पहल गर्ने बताए । प्रमुख जिल्ला अधिकारी शाहीले समस्या समाधानका लागि पहल जारी रहेको बताए । व्यवस्थापनमा उचित पहल नगरेको कैदीबन्दीहरुले गुनासो पोख्दै आएका छन् । जीर्ण भवन व्यवस्थापन राम्रो नहुँदा हैरानी खेप्नु परेको उनीहरुको भनाइ छ ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ९ : ५७ बजे

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु

पेरिसस्थित इरानको दूतावासमा विस्फोटको धम्की दिने पक्राउ

पेरिस । फ्रान्सेली प्रहरीले पेरिसस्थित इरानको दूतावासमा बम विस्फोट गराउने

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ । आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस

‘पुजार सार्की’को ‘दर्शन गरेँ’ सार्वजनिक

काठमाडौं । जेठ १० गते रिलिज हुने चलचित्र ‘पुजार सार्की’को

चिनिया आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ । एप्पलले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका