२० श्रावण २०८३, बुधबार | August 5, 2026

ठाउँ अभावमा आलोपालो सुत्छन् कैदीबन्दी



सुर्खेत । बीस जना कैदी बन्दी अट्ने क्षमता रहेको जाजरकोट कारागारमा ५४ जना राख्दा व्यवस्थापनमा समस्या उत्पन्न भएको छ । सुधार गृहको रुपमा रहेको कारागारमा कैदीबन्दीलाई बसाई व्यवस्थापनको समस्याले गर्दा चुनौती थपिएको हो । १५ जना पुरुष र ५ जना महिलाको क्षमता रहेको कारागारमा अहिले ५४ जना कैदीबन्दी छन् ।

कारागारका नाइके कुशबहादुर महताराले कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि विद्युत्, खानेपानी, सुत्न र स्वास्थ्य उपचारमा समस्या उत्पन्न भएको बताउदै आएका छन् । संख्या बढी हुँदा सुत्नका लागि समस्या भएको छ । जेलर चन्द्रबहादुर गिरीले जिल्ला कारागारमा अहिले ३५ जना कैदी र १९ जना थुनुवा गरी जम्मा ५४ जना कैदीबन्दी रहेको बताए । पुरानो भवन र क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन गर्न समेत कारागार प्रशासनलाई समस्या भइरहेको जेलर गिरी भनाई छ ।

जिल्लामा रहेको कारागार जीर्ण भएपछि कैदी बन्दीहरूले वर्षाको समयमा राम्ररी सुत्न समेत नपाउने कैदी बन्दी दीर्घबहादुर नेपालीले बताए । साथीहरूले आलोपालो गरेर सुत्नुपर्ने बाध्यता रहेको उनीहरुको गुनासो छ ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले कारागारमा देखिएका समस्या समाधानका लागि पहल गर्ने बताए । प्रमुख जिल्ला अधिकारी शाहीले समस्या समाधानका लागि पहल जारी रहेको बताए । व्यवस्थापनमा उचित पहल नगरेको कैदीबन्दीहरुले गुनासो पोख्दै आएका छन् । जीर्ण भवन व्यवस्थापन राम्रो नहुँदा हैरानी खेप्नु परेको उनीहरुको भनाइ छ ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ९ : ५७ बजे

इरान युद्धपछि अमेरिकी मिसाइल भण्डार ‘खतरनाक रूपमा न्यून’

काठमाडौं । इरानसँगको युद्धका क्रममा अमेरिकी सेनाले प्रयोग गर्ने अत्याधुनिक

हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद

काठमाडौं । गत वैशाख १ गतेदेखि असार मसान्तसम्म देशभर सञ्चालन

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री

राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकसँग अर्थमन्त्री वाग्लेको छलफल

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल राष्ट्र बैंकका

तेल्हा पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम । जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर