१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

पेट्रोल डिजेलमा कोटा तोक्ने निगमको प्रस्ताव



काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थ खरिद गर्न नसक्ने अवस्थामा पुगेपछि नेपाल आयल निगमले पेट्रोल डिजेलमा कोटा तोक्ने प्रस्ताव गरेको छ ।

निगमले सरकारलाई पत्र पठाउँदै पेट्रोलियम पदार्थमा कोटा तोक्नुपर्ने प्रस्ताव गरेको हो । जसअनुसार एक पटकमा मोटरसाइकललाई बढीमा ५ लिटर र साना सवारी साधनलाई २० लिटरसम्म तेल दिने गरी प्रस्ताव पठाएको हो ।

निगमले सरकारी तथा निजी सवारी साधनमा जोर विजोर प्रणाली संचालन गर्न पनि प्रस्ताव गरेको छ ।

यसैगरी प्रमुख शहरमा शनिबार गाडी चलाउन निषेध गर्दै सार्वजनिक विदा गर्नुपर्ने प्रस्ताव समेत निगमले गरेको छ ।

निगमले अहिलेसम्म भारतीय आयल कर्पोरेसनलाई ३० अर्ब रुपैयाँ तिर्न बाँकी छ। पेट्रोल डिजेलमा असाध्य मूल्यवृद्धि भएपछि सरकारले करको मूल्य घटाउने आश्वासनसहित दिँदै मूल्य घटाउने निर्देशन दिएको थियो । सो निर्देशनअनुसार डिजेल र पेट्रोलको मूल्य घटे पनि कर भने अझै घटेको छैन । जसका कारण निगमको भुक्तानी बक्यौता थपिँदै गएको छ ।

निगम अहिले मासिक १० अर्ब रुपैयाँ भन्दा बढीको घाटामा रहेको छ ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ६ : ११ बजे

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।

नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा गत

निर्धारित लागत र समयभित्र आयोजना सम्पन्न हुनेछन् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला आयोजनामा भएका कामकारबाहीको

आयरल्याण्ड वोल्भ्सविरुद्ध लोकेश बमको शतक

काठमाडौं। लोकेश बमले आयरल्याण्ड वोल्भ्सविरुद्ध शतक प्रहार गरेका छन् ।

अवैध आयात र दक्षजनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग

झापा । भारतबाट हुने अवैध आयात र दक्षजनशक्तिको अभावले झापाका