३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

पेट्रोल डिजेलमा कोटा तोक्ने निगमको प्रस्ताव



काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थ खरिद गर्न नसक्ने अवस्थामा पुगेपछि नेपाल आयल निगमले पेट्रोल डिजेलमा कोटा तोक्ने प्रस्ताव गरेको छ ।

निगमले सरकारलाई पत्र पठाउँदै पेट्रोलियम पदार्थमा कोटा तोक्नुपर्ने प्रस्ताव गरेको हो । जसअनुसार एक पटकमा मोटरसाइकललाई बढीमा ५ लिटर र साना सवारी साधनलाई २० लिटरसम्म तेल दिने गरी प्रस्ताव पठाएको हो ।

निगमले सरकारी तथा निजी सवारी साधनमा जोर विजोर प्रणाली संचालन गर्न पनि प्रस्ताव गरेको छ ।

यसैगरी प्रमुख शहरमा शनिबार गाडी चलाउन निषेध गर्दै सार्वजनिक विदा गर्नुपर्ने प्रस्ताव समेत निगमले गरेको छ ।

निगमले अहिलेसम्म भारतीय आयल कर्पोरेसनलाई ३० अर्ब रुपैयाँ तिर्न बाँकी छ। पेट्रोल डिजेलमा असाध्य मूल्यवृद्धि भएपछि सरकारले करको मूल्य घटाउने आश्वासनसहित दिँदै मूल्य घटाउने निर्देशन दिएको थियो । सो निर्देशनअनुसार डिजेल र पेट्रोलको मूल्य घटे पनि कर भने अझै घटेको छैन । जसका कारण निगमको भुक्तानी बक्यौता थपिँदै गएको छ ।

निगम अहिले मासिक १० अर्ब रुपैयाँ भन्दा बढीको घाटामा रहेको छ ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ६ : ११ बजे

परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा

बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

इलाम । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका

विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

काठमाडौं । आज विश्व रक्तदाता दिवस हो । ‘मानवताका लागि

हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु

झापा । मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु