१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

आईसीसी विश्वकप लिग २ तयारी : नेपाल र क्यानडा भिडदै



काठमाडौं । आईसीसी विश्वकप लिग २ को तयारीस्वरुप आज नेपाल र क्यानडाले प्रतिष्पर्धा गर्दैछन । खेल नेपाली समयानुसार राति ९ः४५ बजे शुरु हुनेछ ।

स्कटल्याण्डमा आयोजना हुन लागेको एक दिवसीय श्रृंखलाको तयारीका लागि सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टोलीले एक हप्ताअघिबाट क्यानडामा अभ्यास गरिरहेको छ ।

क्यानडा भ्रमणमा यसअघि नेपालले स्थानीय क्लव ओन्टारियोबिरुद्ध एक एकदिवसीय र एक टि २० खेलेको थियो । जसमा नेपालले जित हात पारेको थियो ।

क्यानडाको राष्ट्रिय टिमसँग आज र भोलि (बुधवार) दुई एकदिवसीय अभ्यास खेल्नेछ । त्यसपछि क्यानडाबाट नै नेपाली टोली स्कटल्याण्डमा आयोजना हुने आईसीसी पुरुष विश्वकप लिग टूको लागि प्रस्थान गर्नेछ ।

स्कटल्याण्डमा नेपालले समूहमा बलियो मानिएका दुई टिम आयोजक स्कटल्याण्ड र नामिबियासँग प्रतिष्पर्धा गर्नेछ ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ९ : ४५ बजे

बुटवल उपमहानगरमा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण

बुटवल । बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

काठमाडौ । एन आई सी एशिया बैंकले कोशी प्रदेशमा आयोजना

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ

सुदूरपश्चिम सरकार छोड्न नाउपा अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।