१९ बैशाख २०८१, बुधबार | May 1, 2024

वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन जोड



बुटवल । वैदेशिक रोजगारीका समस्या समाधानका लागि सरकार तथा त्यस सम्बन्धि काम गर्ने निकायहरु वास्तविक पीडित समक्ष पुग्न नसकेको सरोकारवालहरुले गुनासो गरेका छन् ।

सुरक्षित आप्रबासनका लागि राष्ट्रिय सञ्जालले बुटवलमा आयोजना गरेको अन्तरक्रियामा सहभागीहरुले वैदेशिक रोजगारका क्रममा भोग्नु परेका समस्यालाई सम्बोधनका लागि देखिने गरि काम हुन नसकेको गुनासो गरे ।

मुलुकमा रेमिट्यान्स भित्र्याउने प्रमुख माध्यम वैदेशिक रोजगार नै भएको बताउँदै उनीहरुले यो व्यवसायलाई सुरक्षित, मर्यादित र सम्मानजनक बनाउन माग गरेका छन् । यससँग सम्बन्धित रोजगारदाता कम्पनी, सरकार र श्रमिकहरु बीच सुमधुर सम्बन्ध र सम्मानजनक पहिचानका लागि काम गर्दै आएको सुरक्षित आप्रबासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष हरी थापाले नागरिकहरुमा सोचना र राज्यले सही नीति बनाएर लागू गर्नु पर्नेमा जोड दिए । वैदेशिक रोजगार सम्बन्धि बनेका नीति नियमहरुलाई व्यवहारमा लागू गर्न सके धेरैहदसम्म समस्या समाधान हुने उनको दाबी छ ।

सञ्जालका प्लानिङ फेसिलेटर असोक रानाले वैदेशिक रोजगारमा देखिएका विद्यमान समस्या समाधानका लागि सरकार, रोजगारदाता कम्पनी तथा सरोकारवाला सबै पक्ष गम्भिर र जिम्मेवार हुनुपर्नेमा जोड दिए । कार्यक्रमका अवसरमा बोल्दै ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले वैदेशिक रोजगारीका क्रममा नेपालमा हुने ठगी तथा न्यायहरुका विरुद्ध नेपाल प्रहरी सधै सचेत रहेको दाबी गरे । विदेशमा हुने सुरक्षाका विषयमा त्यहाँका राज्य र सुरक्षा निकायसँगको समन्वयमा मात्रै काम गर्न सकिने उनले बताए ।

लामो समय वैदेशिक रोजगारमा आवद्ध भई हाल मलेसियाको ओजी ग्रुपका लागि नेपालबाट कामदार व्यवस्थापन सल्लाहकारका रुपमा काम गर्दै आएका नारायण सुनारले श्रमिकहरुको नाममा मुख्य समस्याको जडमा पुग्न नसकेको गुनासो गरे । सरकार, म्यान पावर कम्पनी र रोजगार दाता निकायहरु बीच पारदर्शी सम्बन्ध कायम हुन नसक्दा धेरै नेपालीहरु ठगिने गरेको उनले गुनासो गरे । कार्यक्रममा वैदेशिक रोजगारबाट फर्केका, त्यस क्षेत्रमा काम गर्ने संघ–संस्थाका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  २ : ५७ बजे

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी