१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

एसएसपी बढुवामा शीर्ष नेतृत्वको हस्तक्षेप



काठमाडौं । नेपाल प्रहरीको एसएसपी बढुवामा राजनीतिक शक्तिकेन्द्रको हस्तक्षेप बढेको छ । नेपाल प्रहरीमा ३२ वटा एसएसपी पद रिक्त छ । आपूmनिकटकालाई एसएसपी बनाउन सत्तारूढ दलका शीर्ष नेताहरूले हस्तक्षेप गर्न थालेका हुन् ।

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालय भने ज्येष्ठता र कार्यसम्पादनका आधारमा एसएसपी बढुवा गर्ने तयारीमा छ । तर, पछिल्लो ब्याचका एसपीहरू शक्ति केन्द्रको आडमा ब्याच मिचेर जसरी पनि एसएसपी हुने दौडमा लागेपछि शक्तिकेन्द्रले गृहमन्त्री बालकृष्ण खाँड तथा प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई दबाब दिन थालेको स्रोतको दाबी छ ।

यस्तो दबाब राजनीतिक दलका शीर्ष नेताहरूबाटै पर्न थालेको हो । स्रोतका अनुसार आपूm बढुवामा पर्न केही एसपीहरू माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकहाँ धाउन पुगेका छन् भने केही भने बालुवाटार धाउन थालेका छन् ।

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालय राष्ट्रिय अनुसन्धान विभागमा स्थान्तरण भएर आएका र २०५४ सालमा प्रहरी निरीक्षक भएका टोलीलाई बढुवा गर्ने पक्षमा छ ।

विभागमा ५ पुस २०५३ मा भर्ना भएका प्रहरी निरीक्षकलाई २५ पुस २०५८ मा नेपाल प्रहरीमा स्थान्तरण गरिएको थियो । त्यस टोलीमा बाँकी रहेका र २०५४ सालमा प्रहरी निरीक्षकमा भर्ना भएकालाई तानेर एसएसपीमा बढुवा गर्ने गृह मन्त्रालयको तयारी छ ।

गृह स्रोतका अनुसार २०५६ मा प्रहरी निरीक्षक बनेकाहरू पनि अहिले २०५३ र २०५४ को ब्याचलाई उछिनेर एसएसपी बन्ने दौडमा शक्तिकेन्द्रबाट दबाब दिनेगरी लबिङमा लागेका छन् । उनीहरू वरीयताक्रम र ज्येष्ठताका आधारमा नभई कार्यसम्पादन हेरेर बढुवा गरिनुपर्ने भन्दै लबिङमा लागेका हुन् । विस्तृत समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ७ : ३६ बजे

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौं । नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी)ले

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

नेपालगन्ज । गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापित गरेसँगै

डेविड मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

काठमाडौं । डेविड मलानको अर्धशतकको मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर

साउदी अरबमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको आग्रह

काठमाडौं । साउदी अरबमा बसोबास तथा रोजगारी गरिरहेका नेपाली नागरिकलाई

एनपीएल-३ को पहिलो अर्धशतक चितवनका मलानको नाममा

काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० को तेस्रो संस्करणमा चितवन