२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

श्रीलंकाको संकट अझै एक वर्ष रहन्छः प्रधानमन्त्री विक्रमासिंघे



कोलम्बो । श्रीलंका टाट पल्टिएको र यहाँको आर्थिक संकट कम्तीमा आगामी एक वर्षसम्म रहने प्रधानमन्त्री रनिल विक्रमासिंघेले बताएका छन् । संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री विक्रमासिंघले सो जानकारी दिएका हुन् ।

सरकारले अत्यावश्यक वस्तुहरू आयात गर्न विदेशी मुद्रा सकिन थालेपछि टापु देशका २ करोड २० लाख नागरिक महिनौंसम्म चलेको मुद्रास्फीति र लामो विद्युत कटौती झेलिरहेका छन् ।

कुनै बेलाको समृद्ध देश श्रीलंका यस वर्ष गहिरो मन्दीमा जाने र खाद्यान्न, इन्धन र औषधिको चरम अभाव हुने उनले बताए । ‘हामीले सन २०२३ मा पनि कठिनाइहरूको सामना गर्नुपर्नेछ’ प्रधानमन्त्रीले भने, ‘सत्य यही हो ।’

श्रीलंकका टाट पल्टिएको देशको रुपमा अन्तर्राष्ट्रिय मुद्रा कोषसँग वार्ता गरिरहेको जानकारी दिए । विदेशी मुद्रा संञ्चितको अभावमा श्रीलंकामा अत्यावश्यकीय वस्तुको आयात हुन सकेको छैन् । अहिले देशमा पेट्रोलको चरम संकट छ । इन्धन सकिएपछि विद्यालय बन्द छन भने निजी कार्यलयका कर्मचारीलाई घरबाटै काम गर्न भनिएको छ ।

८० प्रतिशत जनताले खाद्यान्न अभाव सामना गरेको संयुक्त राष्ट्रसंघको अनुमान छ

 

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ७ : ५० बजे

क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पाँच नेपाली नागरिक पक्राउ

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले रुपन्देहीको सिद्धार्थनगर

अधुरा तथा अपूरा आयोजनाको विवरण सङ्कलन गर्न समिति गठन

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपूरा

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडौँ । हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीले

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ