१६ पुस २०८२, बुधबार | December 31, 2025

‘मिस्टर एण्ड मिस टिन वर्ल्ड’ दोस्रो संस्करण नेपाल हुँदै



काठमाडौँ । नेपालमा ‘मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपाल’ को दोस्रो संस्करण हुने भएको छ । आयोजक फेलिज इन्टरनेसनलले मंगलबार राजधानीमा एक कार्यक्रमबीच प्रतियोगिताको लागि आवेदन खुला भएको जानकारी दिएको हो । प्रतियोगिताको पहिलो संस्करण सन् २०१७ मा भएको थियो ।

आयोजकका अनुसार प्रतियोगितामा १६ देखि २१ वर्ष उमेर समूहका युवायुवतीले सहभागिता जनाउन सक्नेछन् । एसईई तथा प्लस टु परिक्षा दिएर बसेका विद्यार्थीहरुको आत्मविश्वास, कार्यक्षमता अभिवृद्धि तथा जनसम्पर्क स्थापना सहयोग पु¥याउन प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकको दाबी छ ।

प्रतियोगिताको शीर्ष विजेताले आगामी अक्टोबर १० मा टर्कीको इस्तानबुलमा आयोजना हुने ‘टप मोडल अफ युनिभर्समा’ नेपालको प्रतिनिधित्व गर्ने मौका पाउनेछन् । यसबाहेक विजेताले द ब्रिटिस कलेजमा २० लाख रुपैंयासम्मको छात्रवृत्ति, आयोजकका तर्फबाट एक लाख रुपैंयाँ प्राप्त गर्नेछन् ।

त्यस्तै, फस्ट रनरअप तथा सेकेण्ड रनर अपले ब्रिटिस कलेजबाट १५ लाखसम्मको छात्रवृत्ति तथा सहभागीले पहिलो वर्ष अध्ययनका लागि ५० प्रतिशत छात्रवृत्ति प्राप्त गर्नेछन् ।

प्रतियोगिताको निर्णायकमा पूर्व मिस नेपाल उषा खड्गी, अभिनेता सलोन बस्नेत, सलिनमान बनिया, मोडल पुजा गिरी, कोरियोग्राफर रोजिन शाक्यलगायत छन् । अडिसन जुलाई १६ मा द ब्रिटिस कलेज, थापथलीमा आयोजना हुनेछ ।

फेलिज इन्टरनेशनलका निर्देशक तथा टप मोडल अफ युनिभर्सका कन्ट्री डाईरेक्टर साहिल खानले यो केवल प्रतियोगिता नभई एक अवसर रहेको बताए ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ९ : १५ बजे

नयाँ वर्षका लागि भरिँदै सौराहा

चितवन । अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो रात सौराहामा कोठा पाउन

मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पायो

धनुषा । मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार

पुषभित्र विशेष महाधिवेशन आह्वान गर्ने दिशामा अघि बढ्यौं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी एकता, आत्मविश्वास

अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मेवारी लिन प्रदेश सरकार तयार : मुख्यमन्त्री

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई

ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत

टेक्सस । प्रवासी नेपालीको मागबमोजिम टेक्ससको ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै नेपाली