११ बैशाख २०८१, मंगलबार | April 23, 2024

तुलसीपुरको फोहोरबाट प्राङ्गारिक मल उत्पादनको तयारी



दाङ । दाङको तुलसीपुर उपमहानगरपालिले नगरमा निस्कने फोहोरबाट प्राङ्गारिक मल उत्पादन गर्ने भएको छ ।

तुलसीपुरमा बजारबाट उत्पादन हुँदै आएको फोहोरलाई व्यवस्थापन गरी मल उत्पादनको प्रक्रिया सुरु भएको नगरले जनाएको छ । तुलसीपुरबाट उत्पादन हुने गल्ने र नगल्ने फोहोरको वर्गीकरण गरी गल्ने फोहोरलाई प्रशोधन गरेर प्राङ्गारिक मल उत्पादन गरिने छ । अहिले सम्म नगरको फोहोर उठाउने खोल्सामा लगेर फाल्ने काम गरिँदै आइएको थियो ।

उपमहानगरपालिकाले फोहोर प्रशोधनका लागि अत्याधुनिक मेसिन समेत जडान गरेको छ । तुलसीपुर उपमहानगरपालिकाले मेसिन जडान गरिसकेको जनाएको छ । तुलसीपुर उपमहानगरपालिका–६ स्थित रहेको ‘डम्पिङ साइड’मा तुलसीपुर बजारबाट उत्पादन भएको गल्ने फोहोरलाई प्रशोधित गरेर प्राङ्गारिक मल उत्पादन गर्ने मेसिनको परीक्षण गरेको छ । यो मेसिन नेपालमै पहिलो पटक जडान गरिएको जनाइएको छ ।

प्राङ्गारिक मल उत्पादन गर्ने मेसिन ढुवानीसहित २६ लाख खर्च भएको छ । सो मेसिनमा दैनिक दुई सय किलो फोहोर हाल्न मिल्ने छ भने १५ दिनसम्म फोहोर हालेपछि प्रत्येक दिन ४० टन प्राङ्गारिक मलको उत्पादन गर्न सकिने छ । यो मेसिन भारतको पुनेबाट वीरगन्जको नाका हुँदै तुलसीपुरमा ल्याएर जडान गरिएको हो ।

उपप्रमुख स्यानी चौधरीले प्राङ्गारिक मल उत्पादनका लागि जडान गरिएको मेसिन चल्नका लागि ‘थ्री फेज’ विद्युतको आवश्यकता भएकोले नेपाल विद्युत कार्यालय तुलसीपुर वितरण केन्द्रसँग सहकार्य गरेर छिट्टै सञ्चालनमा ल्याउने बताइन । मल उत्पादनको काम एक हप्ताभित्रै सुरु गर्ने उनको भनाई छ ।

उनले उत्पादन भएको मललाई कस–कसलाई, कहाँ कहाँ वितरण गर्ने भनेर कार्यविधि बनाएर विक्री वितरण गर्ने बताइन् । मलको अभाव भएको समयमा यस प्रविधि मार्फत छिट्टै प्राङ्गारिक मल उत्पादन गर्न सकेमा नगरवासीले ठूलो राहत पाउने उनको विश्वास छ ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ७ : ०० बजे

सांस्कृतिक र पर्यटन उपभोग प्रवर्द्धन गर्न चीनको पहल सुरु

गुआङझोउ । चीनमा सांस्कृति तथा पर्यटन मन्त्रालयले सांस्कृति तथा पर्यटन

६ नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान

काठमाडौं । मलेसियाको सुपर वुमेन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ

लोकतन्त्र दिवसको सान्दर्भिकता

काठमाडौं । आज १८ औँ लोकतन्त्र दिवस । तत्कालीन राजा

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको