२३ बैशाख २०८१, आइतबार | May 6, 2024

पेट्रोलियम पदार्थको मुल्य वृद्धिले ट्रक व्यवसायको पेशा समस्यामा



बुटवल । बदलिदो राजनितिक व्यवस्था र पछिल्लो समय बढ्दो पेट्रोलियम पदार्थको मुल्य बृद्धिले ट्रक व्यवसायको पेशा गम्भिर स्थितिमा पुगेको व्यवसायीहरुले गुनासो गरेका छन् ।

पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलले आज आयोजना गरेको नेपाल ट्रक यातायात व्यवसायी महासंघको महाधिवेशनवाट निर्वाचित पदाधिकारी तथा स्थानीय निकाय निर्वाचन-२०७९ बाट निर्वाचित जनप्रतिनिधि एवम् विभिन्न संघ संस्थाबाट निर्वाचित व्यक्तिहरुलाई सम्मान गर्न आयोजना गरिएको कार्यक्रममा वोल्ने बक्ताहरुले यस्तो बताएका हुन ।

व्यवसायीहरुले राज्यले भाडादर प्रणाली कायमलाई कायम नगर्नाले घाटादर दैनिक रुपमा ओरालो लाग्दै गएकाले कहिलेकाहीँ ट्रक बेचौ कि भन्ने सोंचमा समेत पुग्ने गरेको गुनासो सुनाएका छन । कार्यक्रममा महासंघका पूर्व अध्यक्ष अर्जुन रानाभाटले सरकारले यातायात व्यवसायीको पक्षमा काम गर्नेहरुलाई प्रोत्साहन गर्न नसकेको गुनासो गरे ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले यातायात क्षेत्रको खस्कदो अवस्थालाई सुधार गर्न चुनौति संगै अवसर पनि रहेको भन्दै सरकारले तय गरेको भाडादर कायम गर्न जोड दिए । यातायात क्षेत्रमा हिजोका दिनमा सह–चालक हुँदै चालक भएका हाल पाल्पाको तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले बढ्दो महंगी र घट्दो भाडादरले नाफा भन्दापनि गाडीको खर्च समेत धान्न गाह्रो भएकाले पछिल्लो समय ट्रक व्यवसायीहरु निकै धरासायी बन्दै गएकोमा दुख व्यक्त गरे ।

पश्चिमाञ्चल यातायात व्यवसायी समितका अध्यक्ष यम प्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल ट्रक यातायात व्यवसायी महासंघका उपाध्यक्ष विष्णु प्रसाद न्यौपाने , सचिव उमेशचन्द्र मचगैया, संघका पूर्व अध्यक्ष गुप्त बहादुर केसी, अखिल नेपाल फूटवल संघका उपाध्यक्ष दीर्घ बहादुर केसी कुमार, जिल्ला खेलकुद विकास समिति बुटवलका नवनियुक्त अध्यक्ष भुपेन्द्र वहादुर थापा क्षेत्री संघका वरिष्ठ उपाध्यक्ष प्रताव बहादुर कार्की महासचिव हरि प्रसाद कंडेल थला पर्दै गएको व्यवसायलाई चलायमान बनाउन व्यवसायीहरु बीचमा एकता जरुरी रहेको बताएका छन ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ६ : ५९ बजे

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

बढ्यो बाँकेमा साइबर अपराध

नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa