२२ बैशाख २०८१, शनिबार | May 4, 2024

बुढीगंगाको त्रिशक्ति मावि मतदान केन्द्र तनावग्रस्त, प्रहरीले चलायो गोली



बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकामा बिहीबार जारी मतदानमा विवाद उत्पन्न भएपछि प्रहरीले गोली चलाएको छ । वैशाख ३० गते भएको निर्वाचनमा धाँधली भएपछि मतदान स्थगित भएको बुढीगंगामा पुनः मतदानमा समेत विवाद उत्पन्न भएको हो ।

बुढीगंगा नगरपालिका-९ को त्रिशक्ति मावि मतदान केन्द्रमा सत्ता गठबन्धन र एमालेका कार्यकर्ताबीच तनाव उत्पन्न भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । स्थिति तनावपूर्ण बनेपछि करिब १५ मिनेट मतदान स्थगित भएको र स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर विष्टले जानकारी दिए ।

प्रहरीले तनावपूर्ण स्थितिलाई नियन्त्रणमा लिएपछि पुन मतदान सुरु भएको उनले बताएका छन् । बुढीगंगाको मेरका लागि कांग्रेसबाट रंग खाती र एमालेबाट रामबहादुर बानियाँ उम्मेदवार छन् ।

यसअघिको मतदानका क्रममा १० मध्ये ६ वटा मतदानस्थलमा एमाले र कांग्रेस कार्यकर्ताहरूले बुथ कब्जा गरेपछि मतदान रोकिएको थियो । बेलामा चुनाव हुन नपाउँदा बुढीगंगाले जनप्रतिनिधि चयन र बजेट ल्याउन पछि परिसकेको छ ।

 

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  १ : ३७ बजे

वेस्ट इन्डिज ए ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई १७३रनको लक्ष्य दिएको छ

प्रधानमन्त्रीद्वारा प्रथम बागमती प्रदेश अन्तरपालिकास्तरीय राष्ट्रिय भलिबल प्रतियोगिता उद्घाटन

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महाँकाल गाउँपालिकालाई पर्यटकीय

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार

काठमाडौं । ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले लामो समयदेखि

सूचना प्रवाहलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी निकायका

अत्यधिक गर्मीले अस्पतालमा बिरामीको चाप

चितवन । गर्मी अत्यधिक बढेपछि जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न