२९ भदौ २०८३, सोमबार | September 14, 2026

१५६ सदस्यीय बन्यो माओवादीको पोलिटव्यूरो



काठमाडौं । नेकपा माओवादी केन्द्रको पोलिटव्यूरो समिति १५६ सदस्यीय बनेको छ ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको सभाहलमा जारी केन्द्रीय समिति बैठकले १५६ सदस्यीय पोलिटव्यूरो बनाउने प्रस्ताव गरिएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिला पढेको पोलिटव्यूरोको दुई वटा लिष्टलाई लिएर केन्द्रीय सदस्यहरुले आपत्ति जनाएपछि बैठक नै रोकिएको थियो ।

एकघण्टापछि पुनः सुचारु भएको बैठकमा प्रचण्डले सूची सच्चाउँदै १२५ जना पूर्ण र ३१ जना वैकल्पिक सदस्य रहने गरी १५६ सदस्यीय पोलिटव्यूरोको प्रस्ताव गरेका हुन् ।

नयाँ सूची पढ्दै प्रचण्डले सिनियर दुईपटक केन्द्रीय सदस्य भएकाहरुलाई पोलिटव्यूरोमा समावेश गरिएको बताएका छन् । उनले वैकल्पिकमा समेत ल्याएर नेताहरुको व्यवस्थापन गर्ने आश्वासन दिए ।

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  ५ : ०४ बजे

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

दाङ । हरितालिका तीज पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले आज

पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौं । यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने

घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने

मुस्ताङ । यही भदौ ३० गते मङ्गलबारदेखि हिमाली जिल्ला मुस्ताङको

बझाङमा च्याउ टिप्न घरबाट निस्किएका युवक छ दिनदेखि बेपत्ता

बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिका-७ गोर्खालीका ३३ वर्षीय जितेन्द्र खड्का

महाकवि देवकोटाको ६७ औँ स्मृति दिवस मनाइँदै

काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७