६ पुस २०८२, आइतबार | December 21, 2025

थाइल्यान्डमा पनि एनआरटीको हारबाट सुरुवात



काठमाडौं । मलेसिया भ्रमणपछि थाइल्यान्ड पुगेको न्युरोड टिम एनआरटी अभ्यास खेलमा स्थानीय कासेम बन्डित युनिभर्सिटी एफसीसँग ५-२ अन्तरले पराजित भएको छ ।

बिहीबार भएको मैत्रीपूर्ण खेलमा एनआरटीले सुरुवाती अग्रता लिए पनि त्यसलाई जोगाउन सफल भएन । एनआरटीको लागि संजोक राई र विदेशी खेलाडी स्टेफन समिरले एक एक गोल गरे ।

सजोकले ३२औँ मिनेटमा गोल गरेका थिए भने स्टेफनले ४८औँ मिनेटमा दोस्रो गोल गरे । युनिभर्सिटीका लागि चायसर्न, सुचोन सान्गुआन्दी, सेउङ चान्मुन, सुपकृत पेटसन र थिरासक खम्राङसीले एक एक गोल गरे ।

यसपछि एनआरटीले शीर्ष डिभिजनको चोनबुरी एफसी र थोनबुरी एफसीसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।

यसअघि मलेसियामा एनआरटीले टिवाईटी कपमा दुई खेल खेलको थियो । दुबै खेलमा पराजित एनआरटीले १० गोल व्यहोर्दा १ गोल फर्काएको थियो ।

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  ५ : ४८ बजे

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको