८ बैशाख २०८१, शनिबार | April 20, 2024

परराष्ट्रमन्त्री खड्काले गरे त्रियुगा नदीको भाँचिएको पुलको अवलोकन



उदयपुर । परराष्ट्र मन्त्री डा. नारायण खड्काले एक वर्षअघि आएको बाढीले बगाएको उदयपुरको चौदण्डीगढी नगरपालिका–५ शिवाई र बेल्हा जोड्ने त्रियुगा नदीको पक्की पुलको अवलोकन गरेका छन् ।

निर्माण सम्पन्न भई उद्घाटन गर्ने अघिल्लो दिन आएको बाढीले पुल बगाएको थियो । उद्घानन अघि नै भाँचिएपछि त्यस क्षेत्रका जनता नदी वारपार गर्न समस्यामा पर्दै आएका छन । गत वर्ष १९ असारमा नदीमा आएको बाढीले पुलको पश्चिम पट्टिको दुईवटा पिलर भासिएपछि पुलको स्याल्ब झारेको थियो ।

परराष्ट्र मन्त्री डा. खड्काले पुलको स्थलगत अवलोकन गरेर जानकारी लिएका छन् । करिब १२ वर्ष लगाएर निर्माण भएको पुल भत्किएपछि दैनिक सयौँको संख्यामा सोही बाटो भएर आवतजावत गर्ने स्थानीयवासीले सास्ती व्यहोर्नु परेको छ । भाँचिएको पुल बन्ने नबन्ने अन्योलमा परेको बेला मन्त्री खड्काको अवलोकन भ्रमण जनतामा आशा पलाएको छ ।

मन्त्री खड्कासँगै अबलोकनमा आएका पुल महाशाखाका उपनिर्देशक उमेशबिन्दु श्रेष्ठले पुल भाँसिको कारणबारे अध्ययन भइरहेकाले ढिलाई भएको जानकारी दिए ।

विस्तृत अध्ययन रिर्पोट आउने र त्यसपछि निर्माण प्रक्रियाअघि बढ्ने उपनिर्देशक श्रेष्ठले जानकारी दिए । पुल निर्माण तथा रेखदेखको जिम्मा पाएको गाईघाट–दिक्तेल सडक योजना कार्यालय गाईघाटका डिभिजन इन्जिनियर गोपालप्रसाद खकुरेलले पुलचोक इन्जिनियरिङ्ग क्याम्पसले यसबारेमा अध्ययन गरिराखेकाले ढिलाई हुन पुगेको बताए ।

बाढीले उदयपुरको चौदण्डीगढी नगरपालिका– ५ शिवाई र बेल्ही जोड्ने त्रियुगा नदीको निर्माणधीन मोटेरेबल पक्की पुल १९ असार २०७८ सालमा आएको बाढीले बगाएको हो । शिवाई र बेल्ही जोड्ने त्रियुगा नदीको निर्माणाधीन मोटेरेबल पक्की पुलको अध्ययनका लागि मन्त्रालयले विशेषज्ञ टोली गठन गरेको थियो ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ११ : ३४ बजे

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको

सडक बालबालिका : पहिचान पाउन अझै पनि कठिन

काठमाडौं । “पशुपति आर्यघाटमा शव जलाउने काम गर्छु, ब्रह्मनालमा पैसा