२७ बैशाख २०८३, आइतबार | May 10, 2026

विदेश छाडेर बेतबास उद्योग चलाउँदै सागर



महेन्द्रनगर । कञ्चनपुर महेन्द्रनगरका ३१ वर्षीय सागर क्षेत्रीले युएईको अवुदाबीमा तीन वर्ष पेट्रोलपम्पमा काम गरे । त्यहाँ हुँदा मासिक रु डेढ लाखको कमाइ हुन्थ्यो । त्यो काम छाडेर स्वदेशमै काम गर्ने इच्छा शक्तिले उन अहिले बेताबासको उद्योग चलाउँदै छन ।

चार वर्षअघि बुबाको प्रेरणाबाट भीमदत्त नगरपालिका-१८ जानकी टोलमा बिन्ध्यावासिनी बेतबास लघु उद्योग स्थापना गरेका क्षेत्री अहिले वार्षिक रु ३० लाखको कारोबार गर्छन । “रु ५० को झाडुदेखि ८५ हजारको स्तरीय सोफासेटसम्म उत्पादन गर्छु”, सागरले भने, “अहिले विदेशको काम छाडेकोमा कुनै पछुतो छैन ।” उनले उद्योगबाट भएको कमाइले यहाँ आधा कट्ठा जमिन गोदाम घर बनाउन खरिद गर्नुका साथै दुई वटा मिनीट्रकसमेत किनेका छन ।

दश जनालाई बेतबासको सामान बनाउने तालिम दिएर उद्योगमै रोजगारी दिएका क्षेत्रीले अहिले उद्योगको कारोबार रु दुई करोड पुगेको बताए । “घर परिवारसित बसेर आफ्नै ठाउँमा रोजगार मात्रै होइन अरुलाई समेत रोजगार दिन सकिँदो रहेछ”, उनले भने, “तर त्यसका लागि सरकारको प्रोत्साहन चाहिन्छ ।” एकल महिला, अपाङ्गता भएका व्यक्ति र आर्थिक अवस्था कमजोर भएकालाई रोजगारी दिएको बताउँदै उनले उद्योग सञ्चालनअघि २० जनालाई प्रशिक्षण दिएको जानकारी दिए ।

“यहाँ उत्पादन भएका सामग्रीको खपतका लागि सुदूरपश्चिम प्रदेश नै हाम्रो मुख्य बजार हो”, क्षेत्रीले भने, “यहाँ कच्चा पदार्थ डडेल्धुरादेखि झापासम्मबाट समेत आयात गर्छौं ।” उनको उद्योगमा छ प्रकारका झाडु, ह्याङगर, सोफा, कुर्ची टेबल, मुडा, डाइनिङ सेटलगायतका सामग्री उत्पादन हुने गर्छ । “कच्चा पदार्थका लागि अन्यत्र धाइरहनुपरेपछि भारतीय झाडु अझै पनि महँगोमा निर्यात भइरहँदा स्थानीय उत्पादन खपतमा समस्या हुन्छ”, उनले भने ।

क्षेत्रीका बुबा लालबहादुर यहाँस्थित वन कार्यालयमा सवारी चालक हुन । करिब २१ वर्षदेखि वन अधिकृतको गाडी चलाउँदै आउनुभएका लालबहादुरले कार्यालयको कामको सिलसिलामा हाकिमसित जिल्ला बाहिर जाँदा लघु उद्योगबारे जानकारी लिएपछि छोरालाई विदेशबाट घर बोलाएको सुनाए ।

“सरकारले उद्योग चलाउन अरु युवालाई सीपमूलक तालिम दिन प्याकेज दिए पनि हामी धेरैलाई सीप सिकाउन सक्छौँ”, उनले भने, “स्थानीय र प्रदेश सरकारले पनि युवा स्वरोजगारको विषयमा गम्भीर हुनुप¥यो ।” उनले कोरोना कहरमा समेत उद्योगमा कार्यरत मजदुरलाई घरघरमा कच्चा पदार्थ पु¥याएर रोजगारी गुम्न नदिएको जानकारी दिए ।

प्रवीणता प्रमाणपत्र तह अध्ययन गरेका सागर अहिले पिठो, तेल र बेसार मसला उद्योग सञ्चालनको तयारीमा छन । “धेरै युवा खाडी मुलुकमा बिना सीप चर्को गर्मीमा श्रम बेचिरहेका छन्”, उनले भने, “सरकारले युवापुस्तालाई लघु उद्योगमा लाग्न प्रेरित गरे युवा शक्ति बाहिरिनु पर्दैन् ।”

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  १० : ४१ बजे

उद्योग विस्तार र लगानी वृद्धि गर्ने बजेट ल्याउन परिसङ्घको आग्रह

काठमाडौं । आगामी आर्थिक वर्षमा उद्योग विस्तार तथा लगानी वृद्धि

संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीशको सिफारिस भएको हो : सभापति लामिछाने

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ?

बुटवल । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा शनिबार (हिजो) देखि

पर्यटकको बसाइ अवधि लम्ब्याउन नसकेकोप्रति चिन्ता व्यक्त

बुटवल । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा शनिबार (हिजो) देखि

सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि, भोलि नै नीति कार्यक्रम प्रस्तुत हुने

काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि प्रारम्भ हुँदैछ