१६ बैशाख २०८१, आइतबार | April 28, 2024

विदेश छाडेर बेतबास उद्योग चलाउँदै सागर



महेन्द्रनगर । कञ्चनपुर महेन्द्रनगरका ३१ वर्षीय सागर क्षेत्रीले युएईको अवुदाबीमा तीन वर्ष पेट्रोलपम्पमा काम गरे । त्यहाँ हुँदा मासिक रु डेढ लाखको कमाइ हुन्थ्यो । त्यो काम छाडेर स्वदेशमै काम गर्ने इच्छा शक्तिले उन अहिले बेताबासको उद्योग चलाउँदै छन ।

चार वर्षअघि बुबाको प्रेरणाबाट भीमदत्त नगरपालिका-१८ जानकी टोलमा बिन्ध्यावासिनी बेतबास लघु उद्योग स्थापना गरेका क्षेत्री अहिले वार्षिक रु ३० लाखको कारोबार गर्छन । “रु ५० को झाडुदेखि ८५ हजारको स्तरीय सोफासेटसम्म उत्पादन गर्छु”, सागरले भने, “अहिले विदेशको काम छाडेकोमा कुनै पछुतो छैन ।” उनले उद्योगबाट भएको कमाइले यहाँ आधा कट्ठा जमिन गोदाम घर बनाउन खरिद गर्नुका साथै दुई वटा मिनीट्रकसमेत किनेका छन ।

दश जनालाई बेतबासको सामान बनाउने तालिम दिएर उद्योगमै रोजगारी दिएका क्षेत्रीले अहिले उद्योगको कारोबार रु दुई करोड पुगेको बताए । “घर परिवारसित बसेर आफ्नै ठाउँमा रोजगार मात्रै होइन अरुलाई समेत रोजगार दिन सकिँदो रहेछ”, उनले भने, “तर त्यसका लागि सरकारको प्रोत्साहन चाहिन्छ ।” एकल महिला, अपाङ्गता भएका व्यक्ति र आर्थिक अवस्था कमजोर भएकालाई रोजगारी दिएको बताउँदै उनले उद्योग सञ्चालनअघि २० जनालाई प्रशिक्षण दिएको जानकारी दिए ।

“यहाँ उत्पादन भएका सामग्रीको खपतका लागि सुदूरपश्चिम प्रदेश नै हाम्रो मुख्य बजार हो”, क्षेत्रीले भने, “यहाँ कच्चा पदार्थ डडेल्धुरादेखि झापासम्मबाट समेत आयात गर्छौं ।” उनको उद्योगमा छ प्रकारका झाडु, ह्याङगर, सोफा, कुर्ची टेबल, मुडा, डाइनिङ सेटलगायतका सामग्री उत्पादन हुने गर्छ । “कच्चा पदार्थका लागि अन्यत्र धाइरहनुपरेपछि भारतीय झाडु अझै पनि महँगोमा निर्यात भइरहँदा स्थानीय उत्पादन खपतमा समस्या हुन्छ”, उनले भने ।

क्षेत्रीका बुबा लालबहादुर यहाँस्थित वन कार्यालयमा सवारी चालक हुन । करिब २१ वर्षदेखि वन अधिकृतको गाडी चलाउँदै आउनुभएका लालबहादुरले कार्यालयको कामको सिलसिलामा हाकिमसित जिल्ला बाहिर जाँदा लघु उद्योगबारे जानकारी लिएपछि छोरालाई विदेशबाट घर बोलाएको सुनाए ।

“सरकारले उद्योग चलाउन अरु युवालाई सीपमूलक तालिम दिन प्याकेज दिए पनि हामी धेरैलाई सीप सिकाउन सक्छौँ”, उनले भने, “स्थानीय र प्रदेश सरकारले पनि युवा स्वरोजगारको विषयमा गम्भीर हुनुप¥यो ।” उनले कोरोना कहरमा समेत उद्योगमा कार्यरत मजदुरलाई घरघरमा कच्चा पदार्थ पु¥याएर रोजगारी गुम्न नदिएको जानकारी दिए ।

प्रवीणता प्रमाणपत्र तह अध्ययन गरेका सागर अहिले पिठो, तेल र बेसार मसला उद्योग सञ्चालनको तयारीमा छन । “धेरै युवा खाडी मुलुकमा बिना सीप चर्को गर्मीमा श्रम बेचिरहेका छन्”, उनले भने, “सरकारले युवापुस्तालाई लघु उद्योगमा लाग्न प्रेरित गरे युवा शक्ति बाहिरिनु पर्दैन् ।”

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  १० : ४१ बजे

काठमाडौं महानगरका अस्पतालमा देशैभरका विपन्न र असहाय बिरामीले नि:शुल्क उपचार पाउने

नेपालगन्ज । काठमाडौं महानगरले देशैभरका अशक्त र गरिब बिरामीलाई नि:शुल्क

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री

काठमाडौँ, १६ वैशाख स् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका

वेस्ट इन्डिज ए ले टस जित्यो, नेपालले पहिला फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको

यस्तो छ लगानी सम्मेलनको कार्यतालिका

काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई