१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

चुनावमा पैसाको खोलो बग्छ, रोक्नका लागि युवा सचेत बन्नुको विकल्प छैन : सभामुख सापकोटा



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनमा हुने सबै खालका विकृति र विसंगतिको अन्त्यका लागि अभियाननै संचालन गर्न युवाहरुलाई आग्रह गरेका छन् ।

हालै सम्पन्न स्थानीय तह निर्वाचनमा पैसाको खोलो बगाउने जस्तो डरलाग्दो अवस्था आएको उल्लेख गर्दै सभामुख सापकोटाले त्यस्ता विकृति र विसंगतिको अन्त्य हुनेगरी अभियान नै संचालन गर्न युवाहरुलाई अनुरोध गरेका हुन् ।

शनिबार भक्तपुरको सानोठिमीमा आयोजित ‘संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम’को शुभारम्भ गर्दै उहाँले संघीय संसद र प्रदेशसभाको निर्वाचनमा सही, असल र इमान्दार उम्मेदवारलाई जिताउन पनि चुनावमा पैसाको खोलो बगाउनेजस्ता डरलाग्दो विकृति र विसंगतिको अन्त्य गर्न ढिलाई गर्न नहुने स्पष्ट पारे ।

सभामुख सापकोटाले युवाहरुले निर्वाचनमा हुने विकृति र विसंगतिविरुद्ध व्यापक अभियान छेडने हो भने धेरै पैसा खर्च नगरीकन पनि निर्वाचन जितिन्छ भन्ने दृष्टान्त काठमाडौं, धरानलगायतका ठाउँमा हालै सम्पन्न स्थानीय तह निर्वाचनमा देखिएको पनि स्मरण गराए ।

हालै सम्पन्न स्थानीय तह निर्वाचनको परिणामले विद्यमान परिस्थितिप्रति जनता सन्तुष्ट छैनन भन्ने देखाएको उल्लेख गर्दै उनले त्यसबाट पाठ सिकेर नेपालका राजनीतिक नेतृत्वहरुले अघि बढन जरुरी रहेको समेत बताए ।

सभामुख सापकोटाले भने, ‘लैगिक असमानताका विरुद्धमा तपाईँले हाम्रै देशको स्थानीय तहलाई राम्रोसँग अध्ययन गर्नु भयो भने पनि देखिन्छ । मैले भन्नु पर्दैन । काठमाडौंको चुनाव र त्यसपछि अन्यत्रको चुनावहरुले के देखाएको छ त भन्दाखेरी विद्यमान परिस्थितिबाट तपाई, हामी र सबै जनताहरु सन्तुष्ट छैनन । यो सन्तुष्ट छैनन भन्ने कुरा बडो भद्र, शालिन र चुनावको माध्यमबाट जनताले अभिव्यक्त गरेका छन । यो कुरा नेपालका राजनीतिक पार्टीहरुले, नेपालको राजनीतिक नेतृत्वमा बसेकाहरुले, हामी सबैले बुझन सकेनौं, मैले आफैंलाई पनि भन्दैछु । किनभने म तीन अंग मध्ये एउटा अंगको नेतृत्वमै छु । हामीेले त्यो संकेत बुझेनौ भने, त्यो इसारा बुझेनौं भने फेरी अर्को पहलकदमी अगाडि आउने स्थिति छ । फेरी हाम्रो अगाडि संघीय संसदको चुनाव पनि हुँदैछ । त्यसैगरी प्रदेशसभाहरुको पनि चुनाव हुँदैछ । त्यसअर्थमा पनि तपाईहरुले यो गर्ने अभ्यास त्यो चुनावलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण रुपमा मात्रै होइन, सही, असल, इमान्दार उम्मेदवारलाई जिताउनका लागि तपाईहरुको यो अभ्यासले कहीँनकहीँ एउटा महत्वपूर्ण योगदान गर्ने छ भन्ने मलाई विश्वास लागेको छ । त्यही दिशामा तपाईहरुले छलफल गर्दा, बहस गर्दा अहिले चुनावमा देखिने विकृति, विसंगतिहरु अव सबभन्दा डर लाग्दो कुरा त तपाईँहरुले पनि थाहा पाईराख्नु भएको छ । यति धेरै पैसाको खोलो बग्छ चुनावको बेलामा । त्यो भनि साध्य छैन । असल, इमान्दार कार्यकर्ताले लडन गाह्रो हुने अवस्था छ । तर, अहिले के संकेत देखिन थालेको छ भने राम्रोसँग हामीले अभियान छेडन सक्यौ भने, राम्रोसँग हामीले जनतामा गएर चाँही यी विकृति र विसंगतिका विरुद्धमा चाँही अभियान चलाउन सक्यौ भने वास्तवमा फेरी धेरै पैसा खर्च नगरीकन जित्ने पनि छन । धरानकै उदाहरण लिन सकिन्छ, काठमाडौंकै उदाहरण लिन सकिन्छ । अन्यत्रको पनि उदाहरण लिन सकिन्छ । मुख्य कुरा त के रहेछ भने पहल कदमी रहेछ । हामी त्यसमा पहलकदमी लिन तत्पर छौं कि छैंनौं ? हामी पहलकदमी लिने कुराको चाँही महत्व, त्यसको आत्माबोध गर्न सक्षम छौं कि छैनौं ? त्यो आत्मबोध गर्ने दिशातिर अघि बढन तपाईहरु लाग्नु हुनेछ । र, फेरी पनि म दोहो¥याएर भन्छु–जोड दिएर भन्छु–युवा साथीहरु, विचार भन्दा ठूलो दुनियाँमा केही पनि छैन । विचारले नै हामीलाई जीवनको अन्मित घडीसम्म ठाडो शीर लगाएर स्वाभिमानपूर्वक बाँच्न सिकाउने हो ।’

सभामुख सापकोटाले निर्वाचनमा हुने विकृति र विसंगतिको अन्त्य गर्न ‘संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम’ले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरे । उनले शिरो ठाडो पारेर बाँच्नका लागि पनि युवाहरुले विचारद्वारा निर्देशित हुने कुरामा विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  २ : ३३ बजे

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

काठमाडौ । एन आई सी एशिया बैंकले कोशी प्रदेशमा आयोजना

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ

सुदूरपश्चिम सरकार छोड्न नाउपा अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।

नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा गत