८ चैत्र २०८२, आइतबार | March 22, 2026

उत्पादनमा साना किसानलाई सबल बनाउन जोड



कृषि अर्थतन्त्र सुधारका लागि कृषि पेसामा आबद्ध साना किसानलाई सबल बनाउनुपर्नेमा जोड दिइएको छ ।

साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २१औँ स्थापना दिवसमा आयोजित कार्यक्रमा राउटे, वनकरिया, मुसहर, चेपाङ, दलित, जनजाति, महिलालगायतलाई सूसुचित गरी उत्पादनमा लगाउन विज्ञहरुले जोड दिएका हुन् ।

कार्यक्रममा पूर्वगभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले गरिबी निवारण, अर्थतन्त्रको सुधार, भोकमरीको अन्त्य र दिगो विकास लक्ष्य पूरा गर्न कृषि तथा पशुजन्य उत्पादन, प्रशोधन र बजारीकरणमा साना किसानको योगदान रहेको धारणा राखे ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले साना किसानलाई उद्यमसँग जोड्नुपर्ने तर्क गरे । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष खेमबहादुर पाठकले किसानको जीवन रुपान्तरणमा निरन्तर काम गर्दै आएको उल्लेख गरे ।

समारोहमा लघुवित्तका सञ्चालक प्रताव सुवेदीले नेपालको गरिबी निवारणमा साना किसान लघुवित्त वित्तीय संस्थाले खेलेको भूमिका महत्वपूर्ण रहेको दाबी गरे । यसैगरी कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत डा शिवरामप्रसाद कोइरालाले नेपालको गरिबी निवारणमा लघुवित्त संस्थाले अग्रणी भूमिका निर्वाह गरेको बताए ।

नेपालका ५४० स्थानीय तहमा पहुँच विस्तार गरेको यस लघु वित्तमा ७९ प्रतिशत महिला सहभागिता रहेको भन्दै प्रमुख कार्यकारी अधिकृत डा कोइरालले आर्थिक सामाजिक रुपान्तरणसँगै नेतृत्व विकासमा समेत योगदान गरिरहेको उल्लेख गरे ।

उक्त अवसरमा साना किसान विकास अभियानमा सहयोग पु¥याउनुहुने बाराकी सुगन्धी पासवान र सर्लाहीको लालबन्दीका मानबहादुर खड्कालाई सम्मान गरिएको थियो ।

त्यसैगरी, संस्थाले सर्वोत्कृष्ट संस्थाका रुपमा साना किसान कृषि सहकारी संस्था रघुनाथपुर, धनुषा, इलाका कार्यालय बनेपाअन्तर्गत उत्कृष्ट संस्थाका रुपमा सिन्धुपाल्चोकको जरायटार साना किसान कृषि सहकारी र सर्वोत्कृष्ट इलाका कार्यालयका रुपमा नेपालगञ्ज कार्यालयलाई पुरस्कृत गरिएको छ ।

साना किसान विकास आयोजनाका रुपमा २०३२ सालदेखि कृषि विकास बैंकमार्फत सुरु भएको साना किसान विकास कार्यक्रम २०५८ सालमा साना किसान विकास बैंकका रुपमा स्थापना भएको थियो । अहिले लघुवित्त वित्तीय संस्थाका रुपमा साना किसान सहकारीलाई सेवा प्रवाह गर्दै आएको यस संस्थामा एक हजार २९१ सहकारी संस्थाको सहभागिता छ । हाल संस्थाको सेवा ७६ जिल्लाका ५४० स्थानीय तहसम्म पुगेको छ ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ४ : २५ बजे

पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय

नेप्से परिसूचकमा उच्च अङ्कको उछाल

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति

नेपालगन्ज । दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड

कांग्रेसको देउवा समूहले बोलायो १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति बैठक

काठमाडौं । १४औं महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा नेतृत्वको समूहले

परम्परागत ज्ञान र आधनिक विज्ञानमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली