३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

एसबीआई बैंकको ऋणपत्रमा आवेदन दिने समय थप



काठमाडौं । नेपाल एसबीआई बैंकको ऋणपत्रमा आवेदन दिने समय थप भएको छ ।

बैंकले जारी गरेको ऋणपत्रमा अब साउन ४ गते कार्यालय समयसम्म आवेदन दिन सकिनेछ । बैंकले असार २२ गतेदेखि ऋणपत्र बिक्री खुला गरेको हो । यसले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र जारी गरेको हो ।

यसमध्ये १८ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बाँकी १२ लाख इकाई सर्वसाधारणका लागि खुला गरेको छ । यस ऋणपत्रमा सामूहिक लगानी कोषबाट कुनै पनि आवेदन परेको छैन । एसबीआईले ५ वर्ष अवधिको ‘नेपाल एसबीआई बैंक ऋणपत्र, २०८३’ जारी गरेको हो । यसमा वार्षिक १०।२५५ ब्याजदर दिने बैंकले जानकारी दिएको छ ।

बिक्री प्रबन्धकको काम सानीमा क्यापिटलले गरेको छ । न्यूनतम २५ इकाईदेखि अधिकतम १२ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  १० : २१ बजे

रोट्रयाक्ट युथ आइकन-२०८३ को उपाधि सबिता पोख्रेललाई

बुटवल । रोट्रयाक्ट युथ आइकन-२०८३ को उपाधि सबिता पोख्रेलले जितेकी

विराटनगरमा देउवा-कोइराला-सिटौला पक्षको भेला, संस्थापनलाई दबाब

विराटनगर । नेपाली कांग्रेसका संस्थापनइतर तथा असन्तुष्ट समूहले आइतबार कोशी

प्रहरी सङ्गठन जनताका पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली

वन कर्मचारीले भीरबाट टेम्पो खसालेपछि दिए स्पष्टीकरण – ‘हामीले खसालेका हैनौं’

कैलाली । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे

फिफा विश्वकप : अस्ट्रेलियाको शानदार जित, टर्किए २-० ले पराजित

काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह डीको खेलमा अस्ट्रेलियाले टर्किएलाई २–०