१० पुस २०८२, बिहिबार | December 25, 2025

संवैधानिक परिषद्सम्बन्धी विधेयकलाई लिएर कांग्रेस महामन्त्री शर्माको प्रश्न– प्रधानमन्त्रीलाई सल्लाह दिन्छ कसले ?



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले हालै राष्ट्रिय सभामा पेश गरेको संवैधानिक परिषद् सम्बन्धी विधेयकप्रति असन्तुष्टी जनाएका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत आज सरकारले विधेयक प्रस्तुत गरेर गल्ती गरेको समेत बताएका छन् ।

‘ओलीको पालामा जो गलत, देउवाको पालामा पनि गलत, यसमा सतप्रतिशत प्रष्ट छौं हामी !,’ शर्माले ट्वीटरमा लेखेका छन्, ‘संवैधानिक परिषद् सम्बन्धि विधेयक अविलम्ब फिर्ता त हुनुपर्छ नै, तर यस्तो भयो कसरी ? हुन्छ कसरी ? गर्छ कसले ? सल्लाह दिन्छ कसले ?  यो दुःखद छ प्रधानमन्त्री शेरबहादुर देउवाको गम्भीर जवाफदेहीता जरुरी छ ।’

यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वका सरकारमा ल्याएको विधेयकका केही शब्द हेरफेर गरेर सरकारले विधेयक राष्ट्रिय सभामा पेश गरेको छ । ओलीले विधेयक पेश गर्दा नेपाली कांग्रेसका सभापति तथा हालका प्रधानमन्त्री शेरबहादुर देउवाले त्यतिबेला विधेयकको विरोध गरेका थिए ।

तर, अहिले देउवा आफू प्रधानमन्त्री भएपछि भने सोही विधेकय केही शब्द हेरफेर गरेर राष्ट्रिय सभामा पेश गरेका छन्, जसको उनको पार्टीकै नेताले विरोध गरेका छन् ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  १२ : ३१ बजे

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र

निर्वाचनका निम्ति सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन सफलापूर्वक सम्पन्न गर्न