३० असार २०८३, मंगलबार | July 14, 2026

संवैधानिक परिषद्सम्बन्धी विधेयकलाई लिएर कांग्रेस महामन्त्री शर्माको प्रश्न– प्रधानमन्त्रीलाई सल्लाह दिन्छ कसले ?



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले हालै राष्ट्रिय सभामा पेश गरेको संवैधानिक परिषद् सम्बन्धी विधेयकप्रति असन्तुष्टी जनाएका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत आज सरकारले विधेयक प्रस्तुत गरेर गल्ती गरेको समेत बताएका छन् ।

‘ओलीको पालामा जो गलत, देउवाको पालामा पनि गलत, यसमा सतप्रतिशत प्रष्ट छौं हामी !,’ शर्माले ट्वीटरमा लेखेका छन्, ‘संवैधानिक परिषद् सम्बन्धि विधेयक अविलम्ब फिर्ता त हुनुपर्छ नै, तर यस्तो भयो कसरी ? हुन्छ कसरी ? गर्छ कसले ? सल्लाह दिन्छ कसले ?  यो दुःखद छ प्रधानमन्त्री शेरबहादुर देउवाको गम्भीर जवाफदेहीता जरुरी छ ।’

यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वका सरकारमा ल्याएको विधेयकका केही शब्द हेरफेर गरेर सरकारले विधेयक राष्ट्रिय सभामा पेश गरेको छ । ओलीले विधेयक पेश गर्दा नेपाली कांग्रेसका सभापति तथा हालका प्रधानमन्त्री शेरबहादुर देउवाले त्यतिबेला विधेयकको विरोध गरेका थिए ।

तर, अहिले देउवा आफू प्रधानमन्त्री भएपछि भने सोही विधेकय केही शब्द हेरफेर गरेर राष्ट्रिय सभामा पेश गरेका छन्, जसको उनको पार्टीकै नेताले विरोध गरेका छन् ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  १२ : ३१ बजे

सालझण्डी-ढोरपाटन सडकको बुर्तिबाङ-फल्लेघर खण्ड ग्राभेल

ढोरपाटन । राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी-ढोरपाटन सडकअन्तर्गत बागलुङको बुर्तिबाङ-फल्लेघर खण्डमा

लगातारको वर्षाले बढ्यो कालीगण्डकीको बहाव, डुब्यो विश्वकै ठूलो शालिग्राम शिला

पर्वत । पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको सङ्गमस्थलमा रहेको विश्वकै

सुनसरीमा विद्युत् प्राधिकरणको स्कारपियो दुर्घटना : दुईको मृत्यु, एक घाइते

सुनसरी । नेपाल विद्युत् प्राधिकरण धरान कार्यालयको सवारी दुर्घटना हुँदा

अविरल वर्षाले देशका प्रमुख राजमार्ग प्रभावित, काठमाडौंका मुख्य नाका बन्द

काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण काठमाडौं

भुर्तेलको शतक र धामीको घातक बलिङमा जर्सीमाथि नेपालको सानदार जित

काठमाडौं । ओपनर कुशल भुर्तेलको शतकीय इनिङ्स र हेमन्त धामीको