१६ माघ २०८२, शुक्रबार | January 31, 2026

आइएमई जनरल इन्स्यारेन्सको बोर्ड सदस्यमा इन्फोडेभलपर्सका सिइओ रघुवंशी



काठमाडौं । आइएमई जनरल इन्स्यारेन्स (आइजिआई) लिमिटेडको बोर्ड सदस्यमा इन्फोडेभलपर्सका सिइओ उमेश रघुवंशी नियुक्त भएका छन् ।

सोमबार कम्पनीका अध्यक्ष हेमराज ढकालले रघुवंशीलाई बोर्ड सदस्यको रूपमा नियुक्त गरेका हुन् । नेपालको आइटी क्षेत्रमा स्थापित उनको नेतृत्वले २० वर्षअघि सुरु गरेको इन्फोडेभलपर्स कम्पनीले तीन सय ५० भन्दा बढीलाई रोजगारी दिइरहेको छ ।

माइक्रोफाइनान्स, सहकारी र सरकारी सेवा र सुविधालाई प्रविधिमैत्री बनाउन यो कम्पनीले महत्वपूर्ण योगदान दिएको छ । सन् २००१ मा स्थापना भएको आइएमई जनरल इन्स्योरेन्स कम्पनी उत्कृष्ट विमा कम्पनीको रुपमा परिचित छ ।

दुई अर्बको चुक्ता पुँजी रहेको कम्पनीमा बैंकिङ, हाइड्रोपावर र ट्रेडिङ क्षेत्रका परिचित व्यक्ति तथा समूहरूको संलग्नता रहेको छ । कम्पनीका बोर्ड निर्देशकहरूमा अम्बिकाप्रसाद पौडेल, राजेन्द्रसिंह भण्डारी, सीताराम थापा र कृष्णप्रसाद शर्मा छन् ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ११ : १४ बजे

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या

अर्घाखाँचीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

अर्घाखाँची । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्डअन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नौटारीमा टिपरको ठक्करबाट एक

चौथो न्यू होराइजन कप छात्र भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

बुटवल । न्यू होराइजन इङ्लिस सेकेण्डरी स्कूलअन्तर्गतको न्यू होराइजन स्पोर्ट्स

जबरजस्ती करणी गरेको अभियोगमा खजुराका एक युवक पक्राउ

नेपालगन्ज । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके

बाँके-३ का उम्मेदवार सुनारलाई रास्वपाबाट आफ्ना अभिव्यक्तिमा मर्यादा कायम राख्न निर्देशन

काठमाडौँ । बाँके क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी