७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

डिजिटलमा एन आई सी एशियाको अर्को फड्को, मेसिनबाट सिधै नगद जम्मा गर्न सकिने



काठमाडौ । एन आई सी एशिया बैंकले अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने क्यास रिसाईक्लर सेवाको शुभारम्भ गरेको छ । यस  सेवा मार्फत अब ग्राहकले सहज रुपमा यस बैंकमा रहेको आफ्नो खातामा नगद रकम जम्मा गर्न सक्ने भएका छन् ।

यस सेवा अन्तर्गत बैंकमा गई कुनै भौतिक फारम बिना केबल आफ्नो डेबिट कार्ड वा खाता नम्बरको आधारमा मेसिनबाट सोझै रकम जम्मा गर्न सक्ने व्यवस्था रहेको छ ।

यस मेसिनबाट रू. १,००० र रू. ५०० दरका नोटहरू मात्र जम्मा गर्न मिल्ने व्यवस्था रहेकोमा एक जना ग्राहकको खातामा दैनिक अधिकतम रू. ९९,५०० सम्म नगद जम्मा गर्न सकिने सीमा रहेको बैंकले जनाएको छ ।

सहज एवं सरल बैंकिङ्गलाई अंगाल्दै आएको यस बैंकको यस नयाँ सेवाबाट नगद जम्मा गर्नका लागि ग्राहकले क्यास रिसाईक्लर मेसिनमा डेबिट कार्ड राखेर एटिएम पिन कोड राखेपछि वा खाता नम्बर उल्लेख गरेपछि मेसिनमा रहेको रकम जम्मा गर्ने/राख्ने बक्स खुल्नेछ ।

उक्त बक्समा आफुले जम्मा गर्न चाहेको नगद रकम राखेपछि मेसिनले सो रकम गनेर खातामा तत्काल सहज रुपमा मौज्दात गरिदिने र त्यसको जानकारी समेत ग्राहकले एसएमएस तथा रिसिप्ट मार्फत प्राप्त गर्ने व्यवस्था बैंकले गरेको छ ।

बैंकले यो सेवा हालको लागि आफ्नो कर्पोरेट अफिस शाखा, थापाथलीमा सञ्चालन गरेको र यस सेवालाई निकट भविष्यमा देशका अन्य शाखाहरूमा समेत विस्तार गर्ने योेजना बनाइरहेको हुँदा नगद जम्मा गर्नकै लागि भौतिक फारम भरी बैंकको नगद काउन्टरमा लाइन लागेर जम्मा गर्नुपर्ने अवस्थाबाट ग्राहकलाई मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ ।

साथै, यस क्यास रिसाईक्लर मेसिनबाट ग्राहकले दैनिक रुपमा एटिएम मेसिनबाट झै सरल रुपमा नगद झिक्न समेत सक्ने व्यवस्था रहेको छ ।

 

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ५ : २१ बजे

आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा

भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा

सुर्खेत । भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा बेलिब्रिज

भारतमा लोकसभा निर्वाचनका लागि मतदान सुरू, पहिलो चरणमा १२० सिटका लागि मतदान

नयाँ दिल्ली । लोकसभा चुनावको पहिलो चरणको मतदान केही बेरमा

इन्डोनेसियामा भयानक ज्वालामुखी विष्फोट, ११ हजार बढीलाइ अन्यत्र सारियो

जाकार्ता । इन्डोनेसियामा निरन्तर भयानक ज्वालामुखी विष्फोट भए पछि ११

एसीसी प्रिमियर कपको सेमिफाइनल आज, नेपालको सामना युएईसँग

काठमाडौं । आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुदै