३ असार २०८३, बुधबार | June 18, 2026

डिजिटलमा एन आई सी एशियाको अर्को फड्को, मेसिनबाट सिधै नगद जम्मा गर्न सकिने



काठमाडौ । एन आई सी एशिया बैंकले अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने क्यास रिसाईक्लर सेवाको शुभारम्भ गरेको छ । यस  सेवा मार्फत अब ग्राहकले सहज रुपमा यस बैंकमा रहेको आफ्नो खातामा नगद रकम जम्मा गर्न सक्ने भएका छन् ।

यस सेवा अन्तर्गत बैंकमा गई कुनै भौतिक फारम बिना केबल आफ्नो डेबिट कार्ड वा खाता नम्बरको आधारमा मेसिनबाट सोझै रकम जम्मा गर्न सक्ने व्यवस्था रहेको छ ।

यस मेसिनबाट रू. १,००० र रू. ५०० दरका नोटहरू मात्र जम्मा गर्न मिल्ने व्यवस्था रहेकोमा एक जना ग्राहकको खातामा दैनिक अधिकतम रू. ९९,५०० सम्म नगद जम्मा गर्न सकिने सीमा रहेको बैंकले जनाएको छ ।

सहज एवं सरल बैंकिङ्गलाई अंगाल्दै आएको यस बैंकको यस नयाँ सेवाबाट नगद जम्मा गर्नका लागि ग्राहकले क्यास रिसाईक्लर मेसिनमा डेबिट कार्ड राखेर एटिएम पिन कोड राखेपछि वा खाता नम्बर उल्लेख गरेपछि मेसिनमा रहेको रकम जम्मा गर्ने/राख्ने बक्स खुल्नेछ ।

उक्त बक्समा आफुले जम्मा गर्न चाहेको नगद रकम राखेपछि मेसिनले सो रकम गनेर खातामा तत्काल सहज रुपमा मौज्दात गरिदिने र त्यसको जानकारी समेत ग्राहकले एसएमएस तथा रिसिप्ट मार्फत प्राप्त गर्ने व्यवस्था बैंकले गरेको छ ।

बैंकले यो सेवा हालको लागि आफ्नो कर्पोरेट अफिस शाखा, थापाथलीमा सञ्चालन गरेको र यस सेवालाई निकट भविष्यमा देशका अन्य शाखाहरूमा समेत विस्तार गर्ने योेजना बनाइरहेको हुँदा नगद जम्मा गर्नकै लागि भौतिक फारम भरी बैंकको नगद काउन्टरमा लाइन लागेर जम्मा गर्नुपर्ने अवस्थाबाट ग्राहकलाई मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ ।

साथै, यस क्यास रिसाईक्लर मेसिनबाट ग्राहकले दैनिक रुपमा एटिएम मेसिनबाट झै सरल रुपमा नगद झिक्न समेत सक्ने व्यवस्था रहेको छ ।

 

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ५ : २१ बजे

राष्ट्रिय सेवा दल तालिम शुभारम्भ

काठमाडौँ । राष्ट्रिय सेवा दलले गत सोमबारदेखि देशभरका २२१ वटा

एल–निनो असर : भित्रिएन मनसुन, सुक्खाको चिन्ता, खडेरीको डर

काठमाडौँ । सामान्यतया जुन १३ मा नेपाल भित्रिने मनसुन यस

विदेशमा पिआर लिएर बसेका कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाहीको सिफारिस

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

बेइजिङ । चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप डिपसिकले पहिलो कोष सङ्कलन

‘लुम्बिनी घोषणा पत्र-२०८३’ जारी गर्दै सकियो, विशेषाधिकार समितिको प्रथम राष्ट्रिय सम्मेलन

दाङ । बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सभाका विशेषाधिकार समितिका