२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

घरेलु टोली इंग्ल्यान्ड भारतसँग १० विकेटले पराजित



काठमाडौं । भ्रमणकारी टोली भारतले घरेलु टिम इंग्ल्यान्डविरुद्धको पहिलो एकदिवसीय क्रिकेट खेलमा १० विकेटको जित निकालेको छ । यो सँगै तीन खेलको शृंखलामा भारत १-० ले अघि रहेको छ ।

मंगलबार राति लण्डनको ओवलमा इंग्ल्यान्डले दिएको १११ रनको लक्ष्य भारतले १८ ओभर ४ बलमा बिना विकेटको क्षतिमा पूरा गरेको हो ।

भारतको जितमा कप्तान रोहित शर्माले सर्वाधिक ७६ रन बनाए । यस्तै, अर्का ओपनर शिखर धवन ३१ रनको योगदान गरे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २५ ओभर २ बलमा सबै विकेट गुमाउँदै ११० रन बनायो ।

इंग्ल्यान्डका कप्तान जोस बट्लरले सर्वाधिक ३० बनाए । यस्तै, डेभिड विलिले २, ब्रेडन कार्सेले १५ तथा मोइन अलि १४ रनको योगदान गरे ।

जस्प्रित बुमराहले चिम्किएपछी इंग्ल्यान्डलाई सस्तैमा समेटिएको थियो । उनले एक्लै ६ विकेट लिए । यस्तै, मोहमद शामीले ३ तथा प्रसिद्ध कृष्णले १ विकेट लिए ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ७ : २५ बजे

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ ।

सात जिल्लाका ४९३ उम्मेदवारको जमानत जफत

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मलुकका

अस्वाभाविक महत्वाकांक्षा, आवेग र आग्रहबाट मुक्त भएर वृहत एकतामा जुटौं : पूर्णबहादुर खड्का

काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले प्रतिनिधिसभा निर्वाचनको परिणामले

धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर

त्रिवेणी । नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ मा

राहुघाट-पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण

म्याग्दी । रघुगङ्गा गाउँपालिका-३ राहुघाटदेखि पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण