६ श्रावण २०८३, बुधबार | July 22, 2026

‘हवाई टिकट काटौं सुन चाँदी जितौं’ योजनाको विजेता सार्वजनिक



काठमाडौ । आइएमई ग्रुपद्वारा संचालित आइएमई पेको “हवाई टिकट काटौं सुन चाँदी जितौं” योजना अन्तर्गत सुनको सिक्का जित्ने दुई जना भाग्यशाली विजेताको नाम घोषणा गरिएको छ ।

जस अन्तर्गत पहिलो दुइ साताको एक भाग्यशाली बिजेता सन्देश श्रेष्ठ रहेका छन् भने दोस्रो दुई साता को एक भाग्यशाली बिजेता  राम पुकार महतो रहेका छन् ।

दुबै जना विजेताले बुद्ध एयरलाइन्सबाट भैरहवाबाट काठमाडौँ र जनकपुरबाट काठमाडौँको हवाई टिकेट काटेका थिए ।

योजना अवधिभर हवाई टिकट काट्ने यात्रुहरु मध्य चाँदीको सिक्का र चन्द्रागिरि केबलकारको बिजेताको नाम आइएमई पेको फेसबुक पेजमा साप्ताहिक घोषणा अन्तर्गत घोषणा भइसकेको छ ।

जेठ १ बाट सुरु भएको यस योजनामा आइएमई पे मोबाईल वालेट एपमार्फत नेपालको कुनै पनि आन्तरिक उडान सेवाको हवाई टिकेट काट्नु भएका यात्रुहरु मध्य योजना अवधिभरी हवाई टिकट बुक गर्ने २ भाग्यशाली यात्रुले हरेक १५ दिनमा एउटा सुनको सिक्का जित्न सफल भएका छन् ।

उड्डयन सेवा अहिलेको समयमा सबैभन्दा बढ्ता रूचाइएको यातायात माध्यम हुन पुगेको छ । आरमदायी र छिटो यात्रा गर्नको लागि अहिले कैयौँ यात्रुहरुले हवाई उड्डयन माध्यम नै रोज्छन् ।

यस्ता यात्रुहरुले सहजताको निम्ति आइएमई पे एप जस्ता मोबाईल वालेट एपबाट घरमै बसी हवाई टिकट बुक गर्न मिल्छ ।

अझ बढी यात्रुहरुलाई हवाई यात्राका उत्साह प्रदान गर्न र पुराना यात्रुहरुलाई निरन्तरता दिन प्रेरित गर्न आइएमई पेले यस्ता योजनाहरु सार्वजनिक गर्दै आइरहेको छ ।

 

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ४ : ३६ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क