२६ बैशाख २०८१, बुधबार | May 9, 2024

स्कटल्यान्डविरूद्ध नेपालको ऐतिहासिक जित



काठमाडौं । आसिफ शेखको अर्धसतकप्रेरित नेपालले आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत जारी त्रिदेशीय शृंखलाको दोस्रो खेलमा घरेलु टिम स्कटल्यान्डविरुद्ध ऐतिहासिक पाँच विकेटको जित निकालेको छ ।

नेपालले क्रिकेटको कुनै पनि संरचनामा पहिलो पटक स्कटल्यान्डलाई हराएको हो । यो संगै नेपालले स्कटल्यान्डमा पहिलो जित निकालेको छ ।

टिटउड क्रिकेट मैदानमा घरेलु टिमले प्रस्तुत गरेको १४५ रनको लक्ष्य नेपालले २५.१ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो ।

नेपालको जितमा ओपनर आसिफले ७१ रनको अर्धसतकीय इनिङ खेले । आसिफले ६२ बलमा १० चौका र एक छक्का प्रहार गरे ।

यस्तै, रोहित पौडेलले ३० रनमा अविजित रहे । नेपालका अर्का ओपनर कुशल भुर्तेल २७ रनमा आउट हुँदा देव खनाल चार, दीपेन्द्रसिंह ऐरी तीन र आरिफ शेख एक रनमा आउट भए ।

स्कटल्यान्डका गेभिन मेनले तीन विकेट लिए । यस्तै, आद्रियन नेइल र रिची बेरिङटनले समान एक विकेट लिए ।

यसअघि टस हारेपछि ब्याटिङमा निम्त्याइको स्कटल्यान्ठले ४२.५ ओभरमा १४४ रनमा अलआउट भएको थियो ।

लगातार विकेट गुमाएको स्कटल्यान्डका लागि गाभिन मेनले सम्हालिएको प्रदर्शन गर्दै सर्वाधिक अविजित ६४ रन बनाएका थिए । उनले बलमा ५९ बलमा सात चौका र एक छक्का प्रहार गरे ।

यसबाहेक, मार्क वाटले १७, सफयान सरिफले १६ र क्यालम म्याकलेओडले १३ रन बनाए । यसबाहेक घरेलु टिमका अन्य ब्याटर दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

नेपालका सोमपाल कामी र आदिल आलमले कसिलो बलिङ गरेपछि स्कटल्यान्ड एक सय ४४ रनमा समेटिएको थियो । नेपालका लागि सोमपालले १० ओभरमा ४० रन खर्चेर तीन विकेट लिँदा १० ओभरमा आदिलले एक मेडनसहित ३१ रन दिएर तीन विकेट नै लिए ।

यस्तै, कप्तान सन्दीप लामिछाने, करण केसी र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए ।

शृंखलाका लागि स्कटल्यान्ड पुगेको नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो ।

तालिकामा १८ खेल खेलेर १७ अंक जोडेको नेपाल पाँचौं स्थानमा उक्लिएको छ । नेपालले लिग २ मा अझै १८ खेल्न बाँकी छ ।

प्रकाशित मिति : ३० असार २०७९, बिहिबार  ६ : ४५ बजे

आठ दिनअघि कलङ्कीबाट हराएकी छात्रा पशुपति क्षेत्रमा भेटिइन्

काठमाडौं । आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया

यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा…..

काठमाडौं । गृह सचिव एकनारायण अर्यालले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित

राष्ट्रपतिका आर्थिक विज्ञ डा नेपालद्वारा स्पष्टोक्ति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा चिरञ्जीवी नेपालले

भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले

China’s Xi welcomed with ‘respect and love’ in Serbia

Serbia’s President Aleksandar Vucic reaffirmed his strong support for China’s