३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

श्रीलंकाको यात्रा नगर्न यी देशले गरे आफ्ना नागरिकलाई अनुरोध



लन्डन । बेलायत, सिंगापुर र बहराइनले आफ्ना नागरिकहरूलाई श्रीलंकाको गैर–आवश्यक यात्रा नगर्न आग्रह गरेका छन् । अभूतपूर्व आर्थिक संकटबीच देशमा ठूलो विरोध प्रदर्शन भइरहेका बेला ती देशले अत्यावश्यक अवस्थामा बाहेक श्रीलंकाको भ्रमण नगर्न आफ्ना नागरिकलाई अनुरोध गरेका हुन् ।

टापु देश श्रीलंकाले गम्भीर आर्थिक संकट सामना गरिरहेको छ, जसले गर्दा औषधि, खाना पकाउने ग्यास, इन्धन र खाद्यान्नलगायतका आधारभूत आवश्यकतको अभाव छ ।

प्रदर्शनकारीले कार्यबहाक राष्ट्रपति रनिल विक्रमासिंघेको राजीनामा माग गर्दै बुधबार विशाल प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा प्रहरीसँगको झडपमा एक विद्यार्थीको मृत्यु भएको छ । केही प्रदर्शनकारी प्रहरीको घेरा तोडेर प्रधानमन्त्रीको निवासमा पुगेका थिए । तर, प्रधानमन्त्री निवासमा छैनन् ।

बुधबार माल्दिभ्स भागेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे आज सिंगापुर जाने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ३० असार २०७९, बिहिबार  ११ : २९ बजे

नेपालगन्ज-हुम्ला उडानमा भारतीय नागरिकको घुँईचोे

हुम्ला । पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट

राष्ट्र बैङ्कको अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव

काठमाडौं । मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा

युवाले सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा

अदालतको निर्णयले पार्टी टुक्रियो, अब एकता नै विकल्प : शशांक कोइराला

विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेस

लुम्बिनी प्रदेशको बजेट भोलि प्रस्तुत हुँदै, कृषि, रोजगारी र पूर्वाधारमा जोड

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को