१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

महोत्तरीमा अत्यधिक गर्मी, बिरामीको संख्यामा वृद्धि



महोत्तरी । तराईमा यतिबेला प्रचण्ड गर्मी छ । गर्मीसँगै किसानहरूलाई भने निकै चटारो छ । पहाडमा रोपाइँ अन्तिम चरणमा पुगे पनि तराईमा भने ३० प्रतिशत पनि सकिएको छैन । अत्यधिक गर्मीका काम गर्नुपर्ने बाध्यताका कारण किसानहरू बिरामी पर्न थालेका छन् । जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीको तथ्यांकअनुसार पछिल्लो ७ दिनदेखी बिरामीको संख्यामा ह्वात्तै वृद्धि भएको छ ।

जलेश्वर प्रादेशिक अस्पताल महोत्तरीमा पछिल्लो ७ दिन यता ३० प्रतिशत बिरामी बढेको अस्पतालका डा. प्रदिपकुमार साहले जानकारी दिए । उनका अनुसार भाइरल ज्वरो, टाइफाइड, निमोनियाका बिरामी बढेका छन् । पसिना अत्यधिक आउने र पर्याप्त पानी सेवन नगर्दा डिहाइड्रेसनका बिरामी बढेका डा‍। साहको भनाइ छ ।

सरकारी अस्पताल मात्र हैन निजी अस्पतालसमेत भरिभराउ देखिएका छन्। अत्यधिक गर्मी कै कारण सर्पको डसाइमा समेत वृद्धि भएको छ ।

जिल्लाको बर्दिबास सर्पदंश उपचार केन्द्र गौरिडाडामा मात्र दुईजनाको मृत्यु भइसकेको छ भने जिल्लाका अन्य उपचार केन्द्रमा पनि सर्पले डसेका बिरामीको संख्या अधिक बन्दै गएको छ । गर्मीकै कारण लामखुट्टेको संख्यामा समेत वृद्धि भएको छ । जसको कारणले भाइरल ज्वरो, टाइफाइडका बिरामीहरु बढेको चिकित्सकहरूको बताए ।

अत्यधिक गर्मीले बच्चाहरूमा समेत समस्या बनेको छ । घमाउरा उने र घाउसमेत हुनाले घरमै प्राथमिक उपचार गर्ने गरेको रामगोपालपुरका रामरन्जन बताउछन् ।

महोत्तरीमा अहिले अधिकतम तापक्रम ३६ डिग्री सेल्सियस छ । अत्यधिक बढेको गर्मीले जनजीवनसमेत अस्तव्यस्त बन्न थालेको छ । बिहानैदेखि बहने तातो हावा र चर्को घामले मजदुरहरू काममा जानसमेत छाडेका छ्न् ।

प्रकाशित मिति : ३० असार २०७९, बिहिबार  १२ : १० बजे

बार्सिलोनाको जितमा लेवानडोस्कीको ह्याट्रिक

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले भलेन्सियालाई पराजित गरेको

दिल्लीमाथि कोलकोता ७ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले

आजको मौसम : कोशी, गण्डकी र कर्णालीमा आंशिक बदली

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

इलाम-२ मा सुहाङ नेम्वाङ विजयी

इलाम । इलाम-२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङ विजयी भएका

तेस्रो लगानी सम्मेलन : ‘पर्यटनमा लगानीको ढोका खुल्यो’

काठमाडौं । मुगुको प्रसिद्ध रारा ताल क्षेत्रमा सुविधा सम्पन्न रिसोर्ट