१० भदौ २०८३, बुधबार | August 26, 2026

श्रीलंकाका राष्ट्रपति राजपक्षे सिंगापुर पुगे, सिंगापुर सरकारले भन्यो- निजी भ्रमण



सिंगापुर । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्षे सिंगापुर पुगेका छन् । गोटापक्षे सिंगापुर पुगेको सिंगापुर सरकारले पुष्टि गर्दै राष्ट्रपति राजपक्षे सिंगापुर पुगेका विषयमा स्पष्टीकरण दिएको छ ।

मीडियाका प्रश्नहरुको जवाफ दिँदै सिंगापुरमा विदेश मन्त्रालयका प्रवक्ताले राजपक्षे निजी यात्राका लागि सिंगापुर पुगेको बताए। उनले भने -‘श्रीलंकाका राष्ट्रपति राजपक्षे निजी भ्रमणका लागि सिंगापुर आउने अनुमति दिइएको हो ।’

‘राजनीतिक शरण मागेका छैनन्  र कसैलाई राजनीतिक शरण दिइएको छैन ।’ उनले  भने, ‘सिंगापुर सामान्य रूपमा राजनीतिक शरण दिने निवेदनलाई स्वीकार गर्दैन ।’

श्रीलंकामा जारी अस्थिरताका बीच एक दिन पहिला राष्ट्रपति गोटाबाया राजपक्षे माल्दिभ्स पुगेका थिए । उनले अहिलेसम्म राजीनामा दिएका छैनन् । उनको अनुपस्थितिमा प्रधानमन्त्री रनिल विक्रमसिंघे कार्यकारी राष्ट्रपति बनेका छन् ।

श्रीलंकामा प्रदर्शनकारी गोटाबाया राजपक्षे र विक्रमसिंघे दुवको राजीनामा मागिरहेका छन् ।

प्रकाशित मिति : ३० असार २०७९, बिहिबार  ९ : ५५ बजे

बेपत्ताको खोजी र उद्धारमा सम्पूर्ण शक्ति परिचालन गर्न चिनियाँ राष्ट्रपति सीको निर्देशन

काठमाडौं । चीनको तिब्बततर्फबाट आएको बाढीले व्यापक जनधनको क्षति गरेपछि

रसुवा, नुवाकोट र धादिङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलाई तीन

भोटेकोशी बाढी : क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायसँग सशस्त्र प्रहरीको संवाद

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावितलाई उद्धार

भोटेकोशीको बाढीले धादिङवेशी जाने फुर्केखोलाको पुल बगायो

काठमाडौं । भोटेकोशी नदीमा आएको ठूलो बाढीले धादिङ सदरमुकाम धादिङबेँसी

भोटेकोशी बाढीको जोखिम सुस्तासम्म

काठमाडौँ । भोटेकोशी बाढीको जोखिम सुस्तासम्म रहने पूर्वानुमान गरिएको छ