५ पुस २०८२, शनिबार | December 20, 2025

श्रीलंकाका राष्ट्रपति राजापाक्षेले सिंगापुरबाट पठाए राजीनामा



काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोटावाया राजापाक्षेले सिंगापुर पुगेर राजीनामा दिएका छन् । गहिरिंदो आर्थिक संकटबीच चर्किएको सरकार विरोधी प्रदर्शनपछि देश छाडेर भागेका श्रीलंकाका राष्ट्रपति राजापाक्षेले सिंगापुर पुगेर पदबाट राजीनामा दिएका हुन् ।

बीबीसीका अनुसार श्रीमती र दुई जना अंगरक्षकसहित माल्दिभ्स हुँदै सिंगापुर पुगेका राजापाक्षेले त्यहीँबाट राजीनामा पठाएका हुन् ।

यसअघि उनले १३ जुलाई बुधबारसम्ममा राजीनामा दिने बताएपनि उनी त्यसअघि नै देश छाडेर भागेका थिए

गोटाबाया राजापाक्षको अनुपस्थितिमा बुधबार प्रधानमन्त्री रनिल बिक्रमासिंघेलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरिएको थियो । कार्यवाहक राष्ट्रपति तथा प्रधानमन्त्री विक्रमासिंघेले सेना र प्रहरीलाई देशको सुरक्षा स्थिति सम्हाल्न निर्देशन दिएका छन् ।

देशका आर्थिक संकट बढेपछि प्रदर्शनमा उत्रिएका नागिरकले राष्ट्रपति भवन र प्रधानमन्त्रीको कार्यालय कब्जामा लिईसकेका छन् ।

प्रकाशित मिति : ३० असार २०७९, बिहिबार  १० : ११ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको