२७ भदौ २०८३, शनिबार | September 12, 2026

बुटवल कोरा २०२२ को रुट तय, दाताहरुले प्रति किलोमिटर सहयोग गर्न सक्ने



बुटवल । बुटवल कोरा २०२२ को सम्पूर्ण तयारी पुरा भएको आयोजकहरुले जनाएका छन् । बुटवल युनाईटेड साईक्लिङ क्लब सहितका साईकल क्लवहरुको संयुक्त आयोजनामा हुने बिजि बेकर्स बुटवल कोरा २०२२ को तयारी पूरा भएको क्लवका अध्यक्ष उत्तम श्रेष्ठले जानकारी दिए ।

गरिव, दीनदुखीहरुको सेवाका लागि बिभिन्न धार्मिक स्थलहरुलाई दाहिने पारेर साईकलमा परिक्रमा गर्ने यात्रालाई कोरो भनिने गरेको छ । विश्वभरी प्रचलनमा रहेको कोरा साईकल यात्रामा सहयोग गर्न चाहने दाताहरुले प्रतिकिलोमिटर साईकल यात्राको दरले दान गर्न सक्ने व्यवस्था रहेको छ । कतिपय देशहरु साईकलर्सहरुको व्यक्तिगत नाममा प्रायोजन गरेर दाताहरुले दान गर्ने गरिएपनि नेपालमा समुहगत साईकल यात्राको दुरी तय गरेर दान गर्न सकिने अध्यक्ष श्रेष्ठले बताए ।

भोलि बिहान बुटवलको कालिका मानव ज्ञान माविबाट शुरु हुने कोरा २०२२ को यात्रा मिलन चोक, भाटभटेनी सुपर मार्केट, हिलपार्क, सिद्धेश्वरी मावि, शिवनगर सामुदायिक वन, लडियाबास, मिलनचोक, पाल्पाली टोल, भलुही, देवदह मेडिकल कलेज, भुपुसैनिक, शिवपुर, ४ नम्बर, मणिग्राम, गोरकट्टा, फर्साटिकर, कपरकट्टी ताल (मिनी फेवाताल), नरेनापुर मन्दिर, उजेलापुर, मुक्तिनाथ धाम नयागाउ, बेल्बास चोक, लायन्स आखा अस्पताल, जलबिनायक मन्दिर, दुर्गा मन्दिर पुल्चोक, गोलपार्क, ट्राफिक चोक हुँदै पुनः कालिका माबि पुगेर समापन हुने आयोजक सञ्चार संयोजक स्वस्तिक श्रेष्ठले बताए ।

कार्यक्रमलाई रुपन्देहीका ह्याप्पी साईक्लिङ क्लब, तिनाउ साईक्लिङ क्लब, बुटवल साईक्लिङ ग्रुप, साईकल साथी सैनामैनाका साथै नवलपरासी जिल्ला साईक्लिङ संघको समेत सहकार्य रहेको उनले बताए ।

करीब ३ लाख रुपैया खर्च हुने कार्यक्रमलाई बिजि बेर्कसले मुख्य प्रायोजन गरेको छ भने सहप्रायोजनका रुपमा भैरव ग्रुप, मेरो चिया, आरोग्य, होटल पौवा, बुटवल रेडिमक्स प्रालि रहेको छ ।

कार्यक्रमका संयोजक रबिलाल सुवेदीले विभिन्न उपसमितिमार्फत कार्यक्रमको तयारी पुरा गरिएको जानकारी दिए ।

यो वर्ष कोरामा रुपन्देहीका ४ सहित नवलपरासी जिल्ला साईक्लिङ संघसहित एक सय ५० बढी साईक्लिष्टहरु सहभागी हुने संयोजक सुबेदीले बताए ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ३ : ४५ बजे

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ : प्रचण्ड

धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

आसिफको शतकमा यूएईलाई ३१४ रनको लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधिका लागि नेपाल

संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप

कपिलवस्तु । शान्ति, करुणा र अहिंसाको सन्देशमार्फत विश्व मानव समुदायलाई

दुजियाङयाङ : २,२५० वर्षदेखिको जीवित नदी सभ्यता, जहाँ मानिसले नदीसँगै बाँच्न सिक्यो

भदौ १० गते । नेपाल-चीन सीमा क्षेत्रको नेपाली भूभाग रसुवाको

सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’

काठमाडौं । आजभोलि रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा ड्रोन उठिरहन्छ