१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

बुटवल कोरा २०२२ को रुट तय, दाताहरुले प्रति किलोमिटर सहयोग गर्न सक्ने



बुटवल । बुटवल कोरा २०२२ को सम्पूर्ण तयारी पुरा भएको आयोजकहरुले जनाएका छन् । बुटवल युनाईटेड साईक्लिङ क्लब सहितका साईकल क्लवहरुको संयुक्त आयोजनामा हुने बिजि बेकर्स बुटवल कोरा २०२२ को तयारी पूरा भएको क्लवका अध्यक्ष उत्तम श्रेष्ठले जानकारी दिए ।

गरिव, दीनदुखीहरुको सेवाका लागि बिभिन्न धार्मिक स्थलहरुलाई दाहिने पारेर साईकलमा परिक्रमा गर्ने यात्रालाई कोरो भनिने गरेको छ । विश्वभरी प्रचलनमा रहेको कोरा साईकल यात्रामा सहयोग गर्न चाहने दाताहरुले प्रतिकिलोमिटर साईकल यात्राको दरले दान गर्न सक्ने व्यवस्था रहेको छ । कतिपय देशहरु साईकलर्सहरुको व्यक्तिगत नाममा प्रायोजन गरेर दाताहरुले दान गर्ने गरिएपनि नेपालमा समुहगत साईकल यात्राको दुरी तय गरेर दान गर्न सकिने अध्यक्ष श्रेष्ठले बताए ।

भोलि बिहान बुटवलको कालिका मानव ज्ञान माविबाट शुरु हुने कोरा २०२२ को यात्रा मिलन चोक, भाटभटेनी सुपर मार्केट, हिलपार्क, सिद्धेश्वरी मावि, शिवनगर सामुदायिक वन, लडियाबास, मिलनचोक, पाल्पाली टोल, भलुही, देवदह मेडिकल कलेज, भुपुसैनिक, शिवपुर, ४ नम्बर, मणिग्राम, गोरकट्टा, फर्साटिकर, कपरकट्टी ताल (मिनी फेवाताल), नरेनापुर मन्दिर, उजेलापुर, मुक्तिनाथ धाम नयागाउ, बेल्बास चोक, लायन्स आखा अस्पताल, जलबिनायक मन्दिर, दुर्गा मन्दिर पुल्चोक, गोलपार्क, ट्राफिक चोक हुँदै पुनः कालिका माबि पुगेर समापन हुने आयोजक सञ्चार संयोजक स्वस्तिक श्रेष्ठले बताए ।

कार्यक्रमलाई रुपन्देहीका ह्याप्पी साईक्लिङ क्लब, तिनाउ साईक्लिङ क्लब, बुटवल साईक्लिङ ग्रुप, साईकल साथी सैनामैनाका साथै नवलपरासी जिल्ला साईक्लिङ संघको समेत सहकार्य रहेको उनले बताए ।

करीब ३ लाख रुपैया खर्च हुने कार्यक्रमलाई बिजि बेर्कसले मुख्य प्रायोजन गरेको छ भने सहप्रायोजनका रुपमा भैरव ग्रुप, मेरो चिया, आरोग्य, होटल पौवा, बुटवल रेडिमक्स प्रालि रहेको छ ।

कार्यक्रमका संयोजक रबिलाल सुवेदीले विभिन्न उपसमितिमार्फत कार्यक्रमको तयारी पुरा गरिएको जानकारी दिए ।

यो वर्ष कोरामा रुपन्देहीका ४ सहित नवलपरासी जिल्ला साईक्लिङ संघसहित एक सय ५० बढी साईक्लिष्टहरु सहभागी हुने संयोजक सुबेदीले बताए ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ३ : ४५ बजे

आगलागी नियन्त्रणमा लिन र तत्काल राहतको व्यवस्था गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशभर आगलागी नियन्त्रण

अर्थ र उर्जामन्त्रीसँग कर्णालीका मुख्यमन्त्रीले राखे ६ बुँदे माग

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अर्थमन्त्री वर्षमान पुन

चीन भ्रमण गर्ने योजनामा पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित

काठमाडौ । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको

रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल